




असार १२
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका स्थित श्री गाउँफर्क आधारभूत विद्यालयमा र श्री वीरेन्द्र आधारभूत विद्यालयमा विद्यालयका ३१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ ।
क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमम गाउँफर्क आधारभूत विद्यालयमा विद्यालयका २० जना र वीरेन्द्र आधारभूत विद्यालयका ११ जना विद्यार्थीहरुका लागी आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री का साथै विद्यालय पोशाक (ट्रयाक सुट सेट, टि सर्ट, जोडी स्पोटर्स जुत्ता मोजा ) सहयोग गरिएको थियो । दुवै विद्यालयमा सहयोग गरिएको विद्यालय पोशाक समाजसेवीद्धय मन्दिरा श्रेष्ठ र युगेन पालिखे ज्यूबाट सहयोग प्राप्त भएको थियो ।
रुपा गा.पा. वडा नं ५ का वडा सदस्य श्री मिना कुवँर ज्यूको प्रमुख आतिथ्यतामा श्री गाउँफर्क आ.वि.मा र क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षमा श्री वीरेन्द्र आधारभूत विद्यालयमा सम्पन्न कार्यक्रम क्लबका द्धितिय उपाध्यक्ष नवराज कुमार गोठाजुले संचालन गर्नुभएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष रवि मर्सानीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।






