असार १०
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका स्थित श्री महेन्द्र आधारभूत विद्यालय र श्री भैरवी आधारभूत विद्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
श्री महेन्द्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका ३९ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट र पाइन्ट)का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । यसै गरि श्री भैरवी आधारभूत विद्यालयमा विद्यालयका १७ जना विद्यार्थीहरुका लागी विद्यालय पोशाक ( ट्रयाक सुट सेट, टिसर्ट, स्पोटर्स जुत्ता र मोजा एक जोर) का साथै शैक्षिक सामग्री सहयोग गरिएको थियो । कार्यक्रममा वितरण गरिएका विद्यालय पोशाक क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी ज्ञानेश्वर राज श्रेष्ठ र पोखरा ८ सिद्धार्थचोक स्थित शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था बाट शौजन्य प्राप्त भएको थियो।
श्री महेन्द्र आधारभूत विद्यालयको कार्यक्रममा रुपा गाउँपालिका वडा नं ४ का अध्यक्ष मुकुन्द बहादुर वंशीले प्रमुख आतिथ्यता र श्री भैरवी आधारभूत विद्यालयमा सम्पन्न कार्यक्रमा वडा नं ५ का अध्यक्ष राजन खनालले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । दुवै विद्यालयको कार्यक्रम क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

Comments closed