मिति २०८३ भाद्र ४ गते सिद्धार्थ क्लबको आ.ब. २०८२।०८३को बार्षिक प्रगति समिक्षा तथा आ.ब. २०८३।०८४ को लागि बार्षिक कार्ययोजना निर्माण कार्यक्रम क्लबका अध्यक्ष देवेन्द्र पराजुलीज्यूको अध्यक्षतामा पोखरा–९ न्यूरोड स्थित सिटि स्क्वायर व्याङक्यूटको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८२।०८३ मा सम्पन्न भएका कार्यक्रमहरुका साथै आ.ब.२०८३।०८४ को अनुमानित कार्यक्रमहरु माथि छलफल गरिएको थियो । संस्थाका पूर्व अध्यक्षज्यू, कार्यसमिति सदस्य र कर्मचारीको उपस्थिती रहेको कार्यक्रम पूर्व अध्यक्ष सुमन कुमार श्रेष्ठज्यूको सहजीकरणमा सम्पन्न भएको थियो । समिक्षा कार्यक्रम संचालन सचिव प्रमोद नारायण श्रेष्ठज्यूले गर्नुभएको थियो ।
Comments closed