



मिति २०८३ आश्विन १७ गते सिद्धार्थ क्लब पोखराले ४१औँ पदस्थापन समारोह गैर सरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीज्यूको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष देवेन्द्र पराजुलीज्यूको सभाध्यक्षतामा पोखरा ९ न्यूरोड स्थित सिटि स्क्वायर व्याङक्यूटको सभाहलमा सुनिल श्रेष्ठज्यूको अध्यक्षतामा, प्रथम उपाध्यक्ष नवराज कुमार गोठाजुज्यू ,द्वितिय उपाध्यक्ष प्रकाशमान श्रेष्ठज्यू, निर्देशक ज्ञानेश्वर राज श्रेष्ठज्यू, सचिव अनिल श्रेष्ठज्यू, कोषाध्यक्ष मदन कुमार मुल्मीज्यू, सह—सचिव जमुना अधिकारी तिमिल्सिनाज्यू, कार्यसमिति सदस्य पदमा शशी मर्सानीज्यू र विरेन्द्र बाटाजूज्यू रहने गरि आ.ब.२०८३।०८४का लागि निर्वाचित भएको समितिलाई पदस्थापन गराइ समारोह सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीज्यूले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबको सामाजिक कार्यक्षेत्र विस्तारका लागि अनुरोध गर्नुभयो । क्लबका अध्यक्ष देवेन्द्र पराजुलीज्यूले आफनो कार्यकालमा सक्रिय रहि सामाजिक
कार्यक्रमहरु सम्पन्न गरेको जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिको सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीज्यूले वर्तमान समाजमा सामाजिक विकृतीहरु विभिन्न माध्यमबाट मौलाइरहेको बारे बोल्दै ति विकृतीहरु सामाधन गर्ने कार्यमा संघ संस्था लाग्नुपर्ने आवश्यकतामा जोड दिनु भयो । यसैगरि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमज्यूले पोखराको सामाजिक छबि उच्च राख्न सिद्धार्थ क्लब संगको सहकार्यलाई मजबुत बनाउन तत्पर रहेको भनाई राख्नुभयो । बगालेटोल टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठज्यूले सिद्धार्थ क्लबसंग हातेमालो गर्दै क्लब सेरोफेरोमा सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्न टोल विकास संस्था इच्छुक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा सिद्धार्थ आवाज बुलेटिन विमोचन गरिनुका साथै कार्यक्रम संयोजक र सहयोगी दाताहरुलाई मायाको चिनो, शैक्षिक सत्र २०८२ मा एस.ई.ई उत्तिर्ण क्लब सदस्यका छोरा छोरी तथा बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुनिल श्रेष्ठज्यू तथा उहाँको परिवारले स्वर्गिय बुवा डिल बहादुर श्रेष्ठको स्मृतिमा क्लबको बाल शैक्षिक कार्यक्रमका लागी अक्षरुपी दुई लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको थियो । साथै समाजसेवी विनोद के.सीज्यूले आफनो शुभजन्मदिनको अवसरमा सोही कोष वृद्धिका लागि अक्षरुपी पच्चीस हजार रुपैया प्रदान गरे ।
पूर्व अध्यक्ष रवि मर्सानीज्इूले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पदस्थापन कार्यक्रमका संयोजक ईन्दिरा मर्सानी श्रेष्ठज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमहरु सम्पन्न गरेको जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिको सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीज्यूले वर्तमान समाजमा सामाजिक विकृतीहरु विभिन्न माध्यमबाट मौलाइरहेको बारे बोल्दै ति विकृतीहरु सामाधन गर्ने कार्यमा संघ संस्था लाग्नुपर्ने आवश्यकतामा जोड दिनु भयो । यसैगरि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमज्यूले पोखराको सामाजिक छबि उच्च राख्न सिद्धार्थ क्लब संगको सहकार्यलाई मजबुत बनाउन तत्पर रहेको भनाई राख्नुभयो । बगालेटोल टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठज्यूले सिद्धार्थ क्लबसंग हातेमालो गर्दै क्लब सेरोफेरोमा सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्न टोल विकास संस्था इच्छुक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा सिद्धार्थ आवाज बुलेटिन वमोचन गरिनुका साथै कार्यक्रम संयोजक र सहयोगी दाताहरुलाई मायाको चिनो, शैक्षिक सत्र २०८२ मा एस.ई.ई उत्तिर्ण क्लब सदस्यका छोरा छोरी तथा बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुनिल श्रेष्ठज्यू तथा उहाँको परिवारले स्वर्गिय बुवा डिल बहादुर श्रेष्ठको स्मृतिमा क्लबको बाल शैक्षिक कार्यक्रमका लागी अक्षरुपी दुई लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको थियो । साथै समाजसेवी विनोद के.सीज्यूले आफनो शुभजन्मदिनको अवसरमा सोही कोष वृद्धिका लागि अक्षरुपी पच्चीस हजार रुपैया प्रदान गरे ।
पूर्व अध्यक्ष रवि मर्सानीज्इूले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पदस्थापन कार्यक्रमका संयोजक ईन्दिरा मर्सानी श्रेष्ठज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।
मिति २०८३ भाद्र ४ गते सिद्धार्थ क्लबको आ.ब. २०८२।०८३को बार्षिक प्रगति समिक्षा तथा आ.ब. २०८३।०८४ को लागि बार्षिक कार्ययोजना निर्माण कार्यक्रम क्लबका अध्यक्ष देवेन्द्र पराजुलीज्यूको अध्यक्षतामा पोखरा–९ न्यूरोड स्थित सिटि स्क्वायर व्याङक्यूटको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८२।०८३ मा सम्पन्न भएका कार्यक्रमहरुका साथै आ.ब.२०८३।०८४ को अनुमानित कार्यक्रमहरु माथि छलफल गरिएको थियो । संस्थाका पूर्व अध्यक्षज्यू, कार्यसमिति सदस्य र कर्मचारीको उपस्थिती रहेको कार्यक्रम पूर्व अध्यक्ष सुमन कुमार श्रेष्ठज्यूको सहजीकरणमा सम्पन्न भएको थियो । समिक्षा कार्यक्रम संचालन सचिव प्रमोद नारायण श्रेष्ठज्यूले गर्नुभएको थियो ।
श्रावण ६
पोखरा
सिद्धार्थ क्लब पोखराले पोखरा– १७ छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रीत ९० जना आश्रीतहरुलाई विहानको खाना खुवाई ४२औँ बार्षिकोत्सव मनाएको छ ।
सिद्धार्थ क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकाल देखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको स्थापनाको ४२औँ बार्षिकोत्सब कार्यक्रम मनाउन पाउदा खुशी व्यक्त गर्दै संस्थालाई वर्तमान समय सम्म साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद व्यक्त गरे । साथै उनले क्लबले मानव सेवा आश्रम छोरेपाटन र हेम्जालाई गर्दै आइरहेको आर्थिक एवं भौतिक सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको विश्वास गर्दै आगामि दिनमा पनि सम्बन्ध निरन्तरताकोे प्रतिवद्धता व्यक्त गरे । त्यसैगरि मानवसेवा आश्रम जिल्ला संयोजक सम्झना बर्ताैलाले मानव सेवा आश्रम बारे जानकारी दिदै क्लबले गर्दै आएको मानव कल्याणकारी कार्यको प्रशंशा गरिन । सम्पन्न कार्यक्रम क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेका थिए ।





असार १२
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका स्थित श्री गाउँफर्क आधारभूत विद्यालयमा र श्री वीरेन्द्र आधारभूत विद्यालयमा विद्यालयका ३१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ ।
क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमम गाउँफर्क आधारभूत विद्यालयमा विद्यालयका २० जना र वीरेन्द्र आधारभूत विद्यालयका ११ जना विद्यार्थीहरुका लागी आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री का साथै विद्यालय पोशाक (ट्रयाक सुट सेट, टि सर्ट, जोडी स्पोटर्स जुत्ता मोजा ) सहयोग गरिएको थियो । दुवै विद्यालयमा सहयोग गरिएको विद्यालय पोशाक समाजसेवीद्धय मन्दिरा श्रेष्ठ र युगेन पालिखे ज्यूबाट सहयोग प्राप्त भएको थियो ।
रुपा गा.पा. वडा नं ५ का वडा सदस्य श्री मिना कुवँर ज्यूको प्रमुख आतिथ्यतामा श्री गाउँफर्क आ.वि.मा र क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षमा श्री वीरेन्द्र आधारभूत विद्यालयमा सम्पन्न कार्यक्रम क्लबका द्धितिय उपाध्यक्ष नवराज कुमार गोठाजुले संचालन गर्नुभएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष रवि मर्सानीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

असार १०
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका स्थित श्री महेन्द्र आधारभूत विद्यालय र श्री भैरवी आधारभूत विद्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
श्री महेन्द्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका ३९ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट र पाइन्ट)का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । यसै गरि श्री भैरवी आधारभूत विद्यालयमा विद्यालयका १७ जना विद्यार्थीहरुका लागी विद्यालय पोशाक ( ट्रयाक सुट सेट, टिसर्ट, स्पोटर्स जुत्ता र मोजा एक जोर) का साथै शैक्षिक सामग्री सहयोग गरिएको थियो । कार्यक्रममा वितरण गरिएका विद्यालय पोशाक क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी ज्ञानेश्वर राज श्रेष्ठ र पोखरा ८ सिद्धार्थचोक स्थित शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था बाट शौजन्य प्राप्त भएको थियो।
श्री महेन्द्र आधारभूत विद्यालयको कार्यक्रममा रुपा गाउँपालिका वडा नं ४ का अध्यक्ष मुकुन्द बहादुर वंशीले प्रमुख आतिथ्यता र श्री भैरवी आधारभूत विद्यालयमा सम्पन्न कार्यक्रमा वडा नं ५ का अध्यक्ष राजन खनालले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । दुवै विद्यालयको कार्यक्रम क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षमा सम्पन्न भएको थियो ।






असार ४, पोखरा
सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३२ जना विद्यार्थीहरुलार्इ स्टेशनरी सामग्री, झोला र जुत्ता वितरण गर्ने कार्यक्रम पोखरा ४ चिप्लेढुंगा स्थित दि भिलेज रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ ।
सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले क्लबले महिला, स्वास्थ्य र वातावरणका साथै बाल, शैक्षिक क्षेत्रमा विगत देखी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सन्दर्भमा नियमित कार्यक्रम अनुरुपको शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति सह संयोजक तिर्थ श्रेष्ठले विगत देखी क्लब बाट गरिएको शैक्षिक कार्यक्रम र सहयोगको चर्चा गरिन . कार्यक्रममा जनजागृती मा.वि. सराङ्गकोटका शिक्षक कृष्ण प्रसाद तिमिल्सीना र मणिज्योति आधारभूत विद्यालयका शिक्षक गोकुल नेपालीले समेत मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गतका ३२ जना विध्यार्थीहरूलाइ आवश्यक एक एक वटा विद्यालय झोला, र जुत्ता का साथै कापी, पेन, पेन्सील, इरेजर, कटर, ड्रइङ्ग कपी लगाएतका शैक्षिक सामग्री सहयोग गरिएको थियो । क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेके कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए ।



फागुन ५, पोखरा
सिद्धार्थ क्लब पोखराले प्रादेशिक रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६१ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका मानार्थ सदस्य तथा समाजसेवी भक्तराज श्रेष्ठले कार्यक्रम संयोजक सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भक्तराज श्रेष्ठले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक कार्यक्रमहरुमा आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । साथै उनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष देवेन्द्र पराजुलीले सहयोगी, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद दिए ।
रक्तदान कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गरेक थिए ।




पोखरा माघ २३
सिद्धार्थ क्लब पोखराले क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षता तथा वडा नं २३ का वडा शिक्षा संयोजक चेत बहादुर क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा पोखरा २३ कद्वीडाँडा स्थित श्री हर्पनकोट माध्यमिक विध्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि चेत बहादुर क्षेत्रीले क्लबको सहयोगले बिद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामि दिनमा पनि क्लब बाट वडा तथा विद्यालयमा सहयोग प्राप्त हुने अपेक्षा राख्नुभयो । यसै गरि सभाध्यक्ष देवेन्द्र पराजुलीले कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थीहरुको पठन पाठनको बातावरणमा सहयोग पुर्याउनुका साथै जाडो मौसमका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानसिंह गुरुङ्गले सहयोगका कार्यक्रमहरुले विद्यालयमा विद्यार्थीहरुको नियमिततामा सुधार भएको जानकारी गराउदै गुणस्तर शिक्षा सेवामा विद्यालय प्रतिवद्ध रहेको भनाइ व्यक्त गर्नुभयो । क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले सिद्धार्थ क्लबका कार्यक्रमहरुको जानकारी गराउदै विद्यालयमा थप सहयोेगको वातावरण सृजना गर्न पहल गर्ने भनाइ राख्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव परियारले कार्यक्रमले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने भनाई राख्दै विपन्न पिछडिएका समुदायका वालवालिकाहरुको वाहुल्यता रहेकोे हर्पनकोट माध्यामिक विद्यालयलाई निरन्तर सहयोग गर्न अनुरोध गर्नुभयो ।कार्यक्रममा विद्यालयका ४७ जना बालबालिकाहरुको लागी विद्यालय ट्रयाक सुट सेट, टिसर्ट र का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । सहयोग गरिएको थियो ।
कार्यक्रममा वितरण गरिएको ट्रयाक सुट सेट, टि सर्ट खरिदका लागी क्लबका अध्यक्ष देवेन्द्र पराजुली, समाजसेवी बाल गोपाल श्रेष्ठ, कम्फर्ट डेन्टल क्लिनिक प्रा.लि, एम के ज्वलरी प्रा.लि, माण्डव्य टे«ड कन्सर्न, समाजसेवी विकलमा बुद्धचार्य, स्टेशनरी सामग्री क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठ र विद्यार्थीहरुको लागी खाजा क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।


