असार ४, पोखरा

सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३२ जना विद्यार्थीहरुलार्इ स्टेशनरी सामग्री, झोला र जुत्ता वितरण गर्ने  कार्यक्रम पोखरा ४ चिप्लेढुंगा स्थित दि भिलेज रेष्टुरेन्टको  सभाहलमा सम्पन्न गरेको छ ।

सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले क्लबले महिला, स्वास्थ्य र वातावरणका साथै बाल, शैक्षिक क्षेत्रमा विगत देखी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सन्दर्भमा नियमित कार्यक्रम अनुरुपको शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति सह संयोजक तिर्थ श्रेष्ठले विगत देखी क्लब बाट गरिएको शैक्षिक कार्यक्रम र सहयोगको चर्चा गरिन . कार्यक्रममा जनजागृती मा.वि. सराङ्गकोटका शिक्षक कृष्ण प्रसाद तिमिल्सीना र मणिज्योति आधारभूत विद्यालयका शिक्षक गोकुल नेपालीले समेत मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गतका ३२ जना विध्यार्थीहरूलाइ आवश्यक एक एक वटा विद्यालय झोला, र जुत्ता का साथै  कापी, पेन, पेन्सील, इरेजर, कटर, ड्रइङ्ग कपी लगाएतका शैक्षिक सामग्री सहयोग गरिएको थियो । क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेके कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए  ।

Comments closed