मिति २०८३ आश्विन १७ गते सिद्धार्थ क्लब पोखराले ४१औँ पदस्थापन समारोह गैर सरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीज्यूको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष देवेन्द्र पराजुलीज्यूको सभाध्यक्षतामा पोखरा ९ न्यूरोड स्थित सिटि स्क्वायर व्याङक्यूटको सभाहलमा सुनिल श्रेष्ठज्यूको अध्यक्षतामा, प्रथम उपाध्यक्ष नवराज कुमार गोठाजुज्यू ,द्वितिय उपाध्यक्ष प्रकाशमान श्रेष्ठज्यू, निर्देशक ज्ञानेश्वर राज श्रेष्ठज्यू, सचिव अनिल श्रेष्ठज्यू, कोषाध्यक्ष मदन कुमार मुल्मीज्यू, सह—सचिव जमुना अधिकारी तिमिल्सिनाज्यू, कार्यसमिति सदस्य पदमा शशी मर्सानीज्यू र विरेन्द्र बाटाजूज्यू रहने गरि आ.ब.२०८३।०८४का लागि निर्वाचित भएको समितिलाई पदस्थापन गराइ समारोह सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीज्यूले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबको सामाजिक कार्यक्षेत्र विस्तारका लागि अनुरोध गर्नुभयो । क्लबका अध्यक्ष देवेन्द्र पराजुलीज्यूले आफनो कार्यकालमा सक्रिय रहि सामाजिक
कार्यक्रमहरु सम्पन्न गरेको जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिको सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीज्यूले वर्तमान समाजमा सामाजिक विकृतीहरु विभिन्न माध्यमबाट मौलाइरहेको बारे बोल्दै ति विकृतीहरु सामाधन गर्ने कार्यमा संघ संस्था लाग्नुपर्ने आवश्यकतामा जोड दिनु भयो । यसैगरि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमज्यूले पोखराको सामाजिक छबि उच्च राख्न सिद्धार्थ क्लब संगको सहकार्यलाई मजबुत बनाउन तत्पर रहेको भनाई राख्नुभयो । बगालेटोल टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठज्यूले सिद्धार्थ क्लबसंग हातेमालो गर्दै क्लब सेरोफेरोमा सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्न टोल विकास संस्था इच्छुक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा सिद्धार्थ आवाज बुलेटिन विमोचन गरिनुका साथै कार्यक्रम संयोजक र सहयोगी दाताहरुलाई मायाको चिनो, शैक्षिक सत्र २०८२ मा एस.ई.ई उत्तिर्ण क्लब सदस्यका छोरा छोरी तथा बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुनिल श्रेष्ठज्यू तथा उहाँको परिवारले स्वर्गिय बुवा डिल बहादुर श्रेष्ठको स्मृतिमा क्लबको बाल शैक्षिक कार्यक्रमका लागी अक्षरुपी दुई लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको थियो । साथै समाजसेवी विनोद के.सीज्यूले आफनो शुभजन्मदिनको अवसरमा सोही कोष वृद्धिका लागि अक्षरुपी पच्चीस हजार रुपैया प्रदान गरे ।
पूर्व अध्यक्ष रवि मर्सानीज्इूले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पदस्थापन कार्यक्रमका संयोजक ईन्दिरा मर्सानी श्रेष्ठज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमहरु सम्पन्न गरेको जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिको सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीज्यूले वर्तमान समाजमा सामाजिक विकृतीहरु विभिन्न माध्यमबाट मौलाइरहेको बारे बोल्दै ति विकृतीहरु सामाधन गर्ने कार्यमा संघ संस्था लाग्नुपर्ने आवश्यकतामा जोड दिनु भयो । यसैगरि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमज्यूले पोखराको सामाजिक छबि उच्च राख्न सिद्धार्थ क्लब संगको सहकार्यलाई मजबुत बनाउन तत्पर रहेको भनाई राख्नुभयो । बगालेटोल टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठज्यूले सिद्धार्थ क्लबसंग हातेमालो गर्दै क्लब सेरोफेरोमा सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्न टोल विकास संस्था इच्छुक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा सिद्धार्थ आवाज बुलेटिन वमोचन गरिनुका साथै कार्यक्रम संयोजक र सहयोगी दाताहरुलाई मायाको चिनो, शैक्षिक सत्र २०८२ मा एस.ई.ई उत्तिर्ण क्लब सदस्यका छोरा छोरी तथा बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।