Recent posts

पोखरा बैशाख २१

सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ४ ढुंगा गाडे, गौरीपोखरी स्थित श्री महेन्द्र आधारभूत विध्यालय र रुपा गा.पा.५ खडागाउँ स्थित श्री भैरवी आधारभूत विध्यालयमा क्रमश वडा नं ४का अध्यक्ष मुकुन्द बहादुर वंशी र वडा नं ५ राजन खनालको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकुन्द बहादुर वंशीले विद्यालयमा क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै वडा कार्यलयले विद्यालय सुधार एवं गुणस्तर शिक्षाका लागी विभिन्न कार्यक्रमहरु योजना गरेको जानकारी दिनुका साथै क्लब बाट सहयोग भएका सामग्रीको सही सदुपयोग गर्नुपर्ने भनाइ राख्नुभयो । त्यसैगरी प्रमुख अतिथि राजन खनालले सरकारी विध्यालयमा विध्यार्थीहरुको संख्या वृद्धिका साथै गुणस्तर शिक्षा प्रदान गर्ने कार्यमा वडा प्रतिवद्धा साथ अगाडि बढेको जानकारी दिदै क्लबले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो । सद्धार्थ क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले विगत पाँच वर्ष देखी सिद्धार्थ क्लबले रुपा गाउँपालिकाका सरकारी विध्यालयहरुमा विध्यार्थीहरुको संख्या वृद्धिदर, गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा सहयोग गर्ने उद्धेश्यका साथ विध्यालय भर्ना अभियानका कार्यक्रम, शैक्षिक, खेलकुद सामग्री वितरण एवं विध्यालयको भौतिक पुर्वाधार विकासका कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिदै नतिजा मुखि शिक्षा प्रदान गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा महेन्द्र आधारभूत विध्यालय विध्यालय व्यवस्थापन समिति अध्यक्ष सम्झना राना मगर, प्रधनाध्यापक राज बहादुर शाही, भैरवी आधारभूत विध्यालयका विध्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खमबहादुरु गुरुङ्ग, प्रधानाध्यापक श्याम कुमार श्रेष्ठ र सिद्धार्थ क्ल्बका निर्देशक विनोद प्रसाद श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा श्री महेन्द्र आ.वि.का ४६ र श्री भैरवी आ.वि.का २९ जना विद्यार्थीहरुका लागी आवश्यक कापी, पेन्सील, इरेजर, कटर, ड्रइङ्ग कपी लगाएतका शैक्षिक सामग्री सहयोग गरिएको थियो । क्लबका सचिव रवि मर्सानीले संचालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई स्वागत प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो ।

 

 

 

सिद्धार्थ क्लब पोखराले अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गा स्थित श्री भगवती माध्यामिक विध्यालयमा अन्नपूर्ण  गाउँपालिका वडा नं ९ का वडा सदस्य श्री पुष्पा पुनको प्रमुख आतिथ्यतामा सिरक डसना  हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पुष्षा पुनले जाडो मौसममा छात्रबासका विध्यार्थीहरुलाइ मध्येनजर गरी आयोजना गरेको कार्यक्रमले विद्यार्थीहरुलाई जाडो को जोखिम बाट बच्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै क्लबले अन्नपूर्ण गाउँपालिकामा सामाजिक कार्यक्रमहरु गरिरहन अनुरोध गर्दै सहकार्यमा कार्यक्रमहरु गर्न सकिने भनाइ राख्नु भयो ।

कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले विद्यालयको छात्रबासमा बसोबास गरी अध्ययनरत छात्र छात्राहरुलाई क्लबको सहयोगले जाडो मौसमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असर न्यूनिकरण गर्नुका साथै विध्यार्थीहरुको पठन पाठनमा समेत सहयोग पुग्ने विश्वाश व्यक्त गर्नुभयो । त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेरबहादुर गुरुङ्ग, सिद्धार्थ क्लबका निर्देशक विनोद प्रसाद श्रेष्ठ,सल्लाहकार समिति सचिव पार्वती माकाजू, विद्यालयका प्रधानाध्यापक चन्द्र कुमारी गुरुङले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहने बारे भनाई राख्दै सहयोगको उचित सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयको छात्रवासका छात्र छात्राहरुको लागी आवश्यक ३२ थान सिरक, डसना, सिरानी, तन्ना लगायतमा सामाग्री सहयोग गरिएको थियो । क्लबका सचिव रवि मर्सानीले संचालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई स्वागत प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो ।