




स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी अभिमुखिकरण एवं गर्भवती तथा भि आइ ए र आँखा परिक्षण कार्यक्रम
पोखरा अशोज १२
सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा कार्यालय ४ का वडा सदस्य श्री पार्वती माकाजू ज्यूको प्रमुख आतिथ्यतामा महिला अधिकार सम्बन्धी कानुनी सचेतना कार्यक्रम बगालेटोल ८ स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि पार्वती माकाजूले धेरै जसो महिलाहरुलाई महिला अधिकार सम्बन्धी चेतना नभएको अवस्था र केही सचेत महिलाहरुले पनि कानुनी व्यवस्थाको दुरुपयोग गर्ने गरेको सन्दर्भमा यस प्रकारको तालिमबाट प्राप्त ज्ञानलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । यसै गरि कार्यक्रमका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले सिद्धार्थ क्लबका कार्यक्रमहरुको संक्षिप्तमा जानकारी गराउँदै कार्यक्रम फलदायी रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अधिवक्त कृष्ण कुमारी गुरुङ, क्लबका निर्देशक रवि मर्सानी र सहभागी ज्ञानु श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
अधिवक्ता कृष्ण कुमारी गुरुङले नेपालको संविधान २०७२ को विशेषता, महिला अधिकार, हक, हितका साथै संविधान कार्यान्वयन र चुनौतिबारे सहजिकरण गर्नुभएको कार्यक्रम क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन र प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
मिति २०८० भाद्र ३० गते सिद्धार्थ क्लब पोखराको आ.ब. २०८०÷८१ का लागी नव निर्वाचित कार्यसमितिको पदस्थापन समारोह पोखरा महानगरपालिकाका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठको अध्यक्षतामा पोखरा ८ बगालेटोल स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा संस्थाको बार्षिक बुलेटिन सिद्धार्थ आवाज प्रमुख अतिथि ज्यूले विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा सिद्धार्थ क्लबका कार्यक्रम तथा गतिविधीहरुको प्रशंसा गर्दै प्रमुख अतिथि रुद्रनाथ बरालले वडा कार्यालय र सिद्धार्थ क्लबको सहकार्यमा मानवीय सामाजिक सेवाका वृहत कार्यक्रम गर्न सकिने मन्तव्य राख्नु भयो । क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले आफनो दक्षताले क्लबको छबि उच्च राख्ने कार्यमा प्रतिवद्ध भई आफनो कार्यकाल सम्पन्न गरेको जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिको सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, मानार्थ सदस्य तथा सम्मानित ज्येष्ठ नागरिकका तर्फबाट भक्तराज श्रेष्ठ, बगालेटोल सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, गाउँफर्क मा.वि.का प्रद्यानाध्यापक पार्वती ढुङगना, पोखरा उद्योग वाणिज्य संघका उप महासचिव शोभा गौतम र महिला अधिकार मञ्च कास्कीका अध्यक्ष शोभा आचार्यले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठको नेतृत्वमा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुली, द्वितिय उपाध्यक्ष नवराज कुमार गोठाजु, सचिव विनोद प्रसाद श्रेष्ठ, निर्देशक रवि मर्सानी, कोषाध्यक्ष सुनिल श्रेष्ठ र कार्यसमिति सदस्य पदमा योजना मर्सानी, जमुना अधिकारी तिमिल्सिना, दिपा कुँबर क्षेत्री र दिनेश श्रेष्ठ रहने गरि आ.ब. २०८०।०८१ का लागि निर्वाचित भएको समितिलाई पदस्थापन गराइएको थियो । कार्यक्रममा जेष्ठ नागरिक सम्मान, विषयगत कार्यक्रम संयोजकहरुलाई मायाको चिनो, आजिवन सदस्यता प्रदान, शैक्षिक सत्र २०७८ र २०७९ मा एस.ई.ई उत्तिर्ण क्लब सदस्यका छोरा छोरी तथा बाल शैक्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरु लाई सम्मान गरिएको थियो ।
सचिव रवि मर्सानीले संचालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा पदस्थापन कार्यक्रमका संयोजक तिर्थ श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।
मिति २०८० भाद्र २३ गते आर्थिक बर्ष २०७९।०८०को बार्षिक साधारण सभा क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठको सभाध्यक्षतामा पोखरा–८, बगालेटोल, फिर्के स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन,आ.ब.२०८०÷८१ को बार्षिक कार्ययोजना, आजिवन सदस्यता, आ.ब. २०७९÷८० को लेखा परिक्षण प्रतिवेदन, एम्बुलेन्सको लगत कट्टी माथि छलफल गरी अनुमोदन गरिनुका साथै आ.ब. २०८०÷८१ को लेखा परिक्षकको नियुक्ति गरिएको थियो । सोही दिन निवर्तमान अध्यक्ष तथा निर्वाचन संयोजक तिर्थ श्रेष्ठको संयोजकत्वमा आ.ब. २०८०।०८१ का लागि नयाँ कार्यसमितिको निर्वाचन गरीएको कार्यक्रमबाट अध्यक्षमा इन्दिरा मर्सानी श्रेष्ठ, प्रथम उपाध्यक्षमा देवेन्द्र पराजुली द्वितिय उपाध्यक्षमा नवराज कुमार गोठाजु, निर्देशकमा रवि मर्सानी, सचिवमा विनोद प्रसाद श्रेष्ठ कोषाध्यक्षमा सुनिल श्रेष्ठ र कार्यसमिति सदस्य पदमा योजना मर्सानी, जमुना अधिकारी तिमिल्सीना ,दिपा कुवँर क्षेत्री र दिनेश श्रेष्ठ निर्वाचित भएका थिए
मिति २०८० भाद्र १६ गते सिद्धार्थ क्लबको आ.ब. २०७९।०८०को बार्षिक प्रगति समिक्षा कार्यक्रम क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठको अध्यक्षतामा पोखरा १८ खपौदी स्थित द वेस्ट कोष्ट सेकुवा हाउसको सभाहलमा सम्पन्न भएको थियो ।क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले समिक्षा कार्यक्रममा आएका सुझावहरु लाई मध्यनजर गर्दै कार्यक्रम तथा गतिविधिहरुमा परिमार्जन गरिदै लगिने भनाई राख्दै संस्थालाई मार्गनिर्देशन गर्न संस्थाका सदस्यहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा उपस्थित पूर्व अध्यक्ष ज्यूहरुले सामाजिक उत्तरदायित्वको क्षेत्रमा वृहत कार्यक्रमहरु तय गर्नु पर्नेमा जोड दिदै सदस्यहरुलाई कार्यक्रमहरुमा सहभागि गराउदै सामाजिक कार्यमा सक्रिय बनाउदै अगि बढन सुझाव दिनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७९।८० मा सम्पन्न भएका कार्यक्रमहरुका साथै आ.ब. २०८०।८१ को अनुमानित कार्यक्रमहरु माथि छलफल गरिएको थियो ।
संस्थाका पूर्व अध्यक्ष ज्यू, कार्यसमिति सदस्य र कर्मचारीको उपस्थिती रहेको कार्यक्रममा पूर्व अध्यक्ष प्रदिप बज्राचार्यको सहजिकरणमा सम्पन्न भएको थियो । समिक्षा कार्यक्रम संचालन सचिव रवि मर्सानी र स्वागत मन्तव्य प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो ।