Recent posts

पोखरा माघ २३
सिद्धार्थ क्लब पोखराले क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षता तथा वडा नं २३ का वडा शिक्षा संयोजक चेत बहादुर क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा पोखरा २३ कद्वीडाँडा स्थित श्री हर्पनकोट माध्यमिक विध्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि चेत बहादुर क्षेत्रीले क्लबको सहयोगले बिद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामि दिनमा पनि क्लब बाट वडा तथा विद्यालयमा सहयोग प्राप्त हुने अपेक्षा राख्नुभयो । यसै गरि सभाध्यक्ष देवेन्द्र पराजुलीले कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थीहरुको पठन पाठनको बातावरणमा सहयोग पुर्याउनुका साथै जाडो मौसमका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानसिंह गुरुङ्गले सहयोगका कार्यक्रमहरुले विद्यालयमा विद्यार्थीहरुको नियमिततामा सुधार भएको जानकारी गराउदै गुणस्तर शिक्षा सेवामा विद्यालय प्रतिवद्ध रहेको भनाइ व्यक्त गर्नुभयो । क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले सिद्धार्थ क्लबका कार्यक्रमहरुको जानकारी गराउदै विद्यालयमा थप सहयोेगको वातावरण सृजना गर्न पहल गर्ने भनाइ राख्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव परियारले कार्यक्रमले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने भनाई राख्दै विपन्न पिछडिएका समुदायका वालवालिकाहरुको वाहुल्यता रहेकोे हर्पनकोट माध्यामिक विद्यालयलाई निरन्तर सहयोग गर्न अनुरोध गर्नुभयो ।कार्यक्रममा विद्यालयका ४७ जना बालबालिकाहरुको लागी विद्यालय ट्रयाक सुट सेट, टिसर्ट र का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । सहयोग गरिएको थियो ।
कार्यक्रममा वितरण गरिएको ट्रयाक सुट सेट, टि सर्ट खरिदका लागी क्लबका अध्यक्ष देवेन्द्र पराजुली, समाजसेवी बाल गोपाल श्रेष्ठ, कम्फर्ट डेन्टल क्लिनिक प्रा.लि, एम के ज्वलरी प्रा.लि, माण्डव्य टे«ड कन्सर्न, समाजसेवी विकलमा बुद्धचार्य, स्टेशनरी सामग्री क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठ र विद्यार्थीहरुको लागी खाजा क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
मिति २०८२ श्रावण ८ गते क्लबका अध्यक्ष देवेन्द्र पराजुली ज्यूको सभाध्यक्षतामा नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्की लाई विपद प्रभावित परिवारहरुलाई राहत स्वरुपको सहयोग व्यवस्थापन गर्ने कार्यको सहजिकरणका लागी त्रिपाल हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सभाध्यक्ष देवेन्द्र पराजुलीले नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल ज्यूलाई १८×२४ साइजको २५ थान त्रिपाल हस्तान्तरण गर्नुभएको थियो ।
श्रावण ६
पोखरा
सिद्धार्थ क्लब पोखराले स्थापनाको ४१औँ बार्षिकोत्सब कार्यक्रम १०९ जनाको प्रयोगशाला सम्बन्धी निशुल्क स्वस्थ्य परिक्षण गरी सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका पूर्वअध्यक्ष प्रविण गुरुङले क्लबको उत्तरोतर प्रगतिको कामना गर्दै क्लबले आयोजना गर्ने सामाजिक कार्यक्रमहरुमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकाल देखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको स्थापनाको ४१औँ बार्षिकोत्सब कार्यक्रम मनाउन पाउदा खुशी व्यक्त गर्दै संस्थालाई वर्तमान समय सम्म साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले क्लबको स्थापना कालदेखीको संघर्ष बारे जानकारी गराउँदै क्लबले ४१औँ बसन्त पार गरेकोमा शुभकामना व्यक्त गरिन् ।
बार्षिकोत्सबका अवसरमा क्लबले सुगर,कलेजो, मृगौला, मुटु, पिसाब सम्बन्धी १०९ जनाको निशुल्क रुपमा जाँच गरेको थिए ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए ।
मिति २०८२ श्रावण ६ गते सिद्धार्थ क्लबको ४१औँ बार्षिकोत्सबको औपचारिक कार्यक्रम क्लबका पूर्वअध्यक्ष प्रविण गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा क्लब प्राङ्गण सिद्धार्थ क्लबमा सम्पन्न गरिएको थियो । बार्षिकोत्सबको अवसरमा पोखरा प्याथ ल्याब सिद्धार्थचोकको प्राविधिक सहयोगमा श्रावण ६ र ७ गते क्लबका सदस्य ३१ जना र बगालेटोल र सेरोफेरोका१३६ गरि कुल १६७ जनाको निशुल्क सुगर,कलेजो, मृगौला, मुटु, पिसाब सम्बन्धी जाँच गरिएको थियो । स्वास्थ्य परिक्षण कार्यक्रम बाट १६७ जनाले आफनो स्वास्थ्य स्थितीबारे जानकारी प्राप्त गरेका थिए । ३१ जना सेवाग्राहीको स्वास्थ्यमा केही समस्या देखिएकाले डाक्टर कुमार कुमाल लाई रिपोर्ट देखाई थप परामर्स समेत लिएका थिए ।
पोखरा असार ३०
सिद्धार्थ क्लब पोखराले १६ जना महिलाहरुको सहभागितामा ब्याग बनाउने तालिम क्लब सचिवालय भवन सिद्धार्थचोकमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न र आर्थिक आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कार्यक्रम संयोजक ईन्दिरा मर्सानी श्रेष्ठले तालिमको सदुपयोग गर्न अनुरोध गर्दै थप तालिमको व्यवस्थाका लागी आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रमका प्रशिक्षक सत्य श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा निरन्तरता दिन अनुरोध गर्दै इच्छुक महिलाहरुलाई उद्यमशिल बनाउन आफनो पूर्ण सहयोग रहने भनाइ व्यक्त गरिन । कार्यक्रमका सहभागी भधु कुबँरले आयोजक संस्थालाई धन्यबाद दिदै तालिमको सिकाइलाइ व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरिन । असार २९ र ३० गते दुई दिन सम्म सञ्चालन गरिएको तालिममा क्लबका महिला सदस्य तथा स्थानिय संघ संस्थाका महिलाहरु गरी १६ जना महिला सहभागीहरुलाइ कपडाको ब्याग(झोला) बनाउने तालिम प्रदान गरिएको थियो ।
जेठ २६
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका स्थित श्री गाउँफर्क आधारभूत विद्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम रुपा गा.पा. वडा नं ५ का वडा सदस्य श्री मिना कुवँर ज्यूको र श्री वीरेन्द्र आधारभूत विद्यालयमा स्टेशनरी तथा खेलकुद सामग्री वितरण कार्यक्रम समाजसेवी धनराज गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा विद्यालय पोशाक सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षतामा क्लबले गाउँफर्क आधारभूत विद्यालयमा विद्यालयका २९ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट र पाइन्ट÷फर्क ) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरेको थियो । यसै गरि क्लब बाट श्री वीरेन्द्र आधारभूत विद्यालयका १९ जना विद्यार्थीहरुका लागी स्टेशनरी तथा खेलकुद सामग्री का साथै एक जोर जुत्ता सहयोग गरिएको थियो । गाउँफर्क विद्यालयमा सहयोग गरिएको पोशाक समाजसेवीद्धय मन्दिरा श्रेष्ठ र युगेन पालिखे ज्यूबाट सहयोग प्राप्त भएको थियो ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
मिति २०८२ जेठ २१ गते सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका स्थित श्री महेन्द्र आधारभूत विद्यालयमा रुपा गाउँपालिका वडा नं ४ का अध्यक्ष मुकुन्द बहादुर वंशी ज्यूको प्रमुख आतिथ्यता र श्री भैरवी आधारभूत विद्यालयमा वडा नं ५ का कार्यवाहक अध्यक्ष कुमारी गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
श्री महेन्द्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका ३९ विद्यार्थीहरुका लागी विद्यालय पोशाक ( ट्रयाक सुट सेट, टिसर्ट, स्पोटर्स जुत्ता र मोजा एक जोर) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । महेन्द्र मा.वि.मा वितरण गरिएको पोशाक क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । यसै गरि श्री भैरवी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका २४ जना विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट र पाइन्ट ) का साथै शैक्षिक सामग्री सहयोग गरिएको थियो । भैरवी मा.वि.मा सहयोग गरिएको पोशाकका लागी शुभ शिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाट सहयोग प्राप्त भएको थियो । कार्यक्रमका केही झलकहरु
जेठ १४
पोखरा
सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका २८ जना विद्यार्थीहरुलार्इ स्टेशनरी सामग्री तथा झोला वितरण गर्ने कार्यक्रम बगालेटोल स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न गरेको छ ।
सिद्धार्थ क्लबले सामाजिक क्षेत्रमा राम्रो कामहरु गर्दै गईरहेको भनाइ राख्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष हिराकाजी श्रेष्ठले वडा कार्यालय बाट क्लबका सामाजिक गतिविधीहरु सञ्चालन गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले क्लबले महिला, स्वास्थ्य र वातावरणका साथै बाल, शैक्षिक क्षेत्रमा विगत देखी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सन्दर्भमा नियमित कार्यक्रम अनुरुपको स्टेशनरी तथा झोला वितरण कार्यक्रमले विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले विद्यार्थीको शैक्षिक यात्रामा शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने चर्चा गर्दै शिक्षकहरुलाई गम्भिरताका साथ शैक्षिक कार्यमा लाग्नुहुन अनुरोध गरिन । साथै उनले स्थानिय निकायहरु बाट सहयोग भएमा संघ संस्थाहरुलाई सामाजिक कार्यमा थप हौसला मिल्ने भनाइ राखिन । यसै गरी जनजागृती मा.वि. सराङ्गकोटका शिक्षक कृष्ण प्रसाद तिमिल्सीनाले क्लबले विगतमा गरेका सामाजिक कार्यहरुको स्मरण गराउँदै बृहत र ओझीला कार्यक्रमहरु मार्फत क्लबको गरिमालाई निरन्तरता दिन अनुरोध गरे ।
कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गतका विध्यार्थीहरूलाइ आवश्यक एक एक वटा विद्यालय झोला, कापी, पेन, पेन्सील, इरेजर, कटर, ड्रइङ्ग कपी लगाएतका शैक्षिक सामग्री सहयोग गरिएको थियो । क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेके कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए ।
फागुन ५, पोखरा
सिद्धार्थ क्लब पोखराले प्रादेशिक रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६५ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले कार्यक्रम संयोजक सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि देवकृष्ण पराजुलीले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक कार्यक्रमहरुमा वडा कार्यलयको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । साथै उनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले मानवीय सेवा भाव सहित घुम्ती रक्तदान गर्दै रक्तदान कार्य सुरु गरेको सिद्धार्थ क्लबले धेरै संघ संस्थाहरुलाई रक्तदान गर्न प्रेरित गरेको चर्चा गरिन । समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ साल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष देवेन्द्र पराजुलीले सहयोगी, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद दिए ।
संयोजक सुनिल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गरेक थिए ।