Uncategorized

मिति २०८२ जेठ २१ गते सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका स्थित श्री महेन्द्र आधारभूत विद्यालयमा रुपा गाउँपालिका वडा नं ४ का अध्यक्ष मुकुन्द बहादुर वंशी ज्यूको प्रमुख आतिथ्यता र श्री भैरवी आधारभूत विद्यालयमा वडा नं ५ का कार्यवाहक अध्यक्ष कुमारी गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा  विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

श्री महेन्द्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका ३९ विद्यार्थीहरुका लागी विद्यालय पोशाक ( ट्रयाक सुट सेट, टिसर्ट, स्पोटर्स जुत्ता र मोजा एक जोर) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । महेन्द्र मा.वि.मा वितरण गरिएको पोशाक क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । यसै गरि श्री भैरवी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका २४ जना विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट र पाइन्ट ) का साथै शैक्षिक सामग्री सहयोग गरिएको थियो । भैरवी मा.वि.मा सहयोग गरिएको पोशाकका लागी शुभ शिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाट सहयोग प्राप्त भएको थियो । कार्यक्रमका केही झलकहरु

मिति २०८१ पौष १२ गते सिद्धार्थ क्लब पोखराले लेखा व्यवस्थापन तालिम र ह्विलचियर सहयोग कार्यक्रम चिप्लेढुंगा स्थित दि भिलेज रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ । कार्यक्रममा रजिष्टर्ड अडिटर टिकाराम सापकोटाले क्लबका क्लबका सदस्यहरुलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम दिएका थिए ।

कार्यक्रममा सभाध्यक्ष देवेन्द्र पराजुलीले तालिमले सदस्यहरुको क्षमता अभिवृद्धीका साथै संस्थागत लेखा व्यवस्थापन कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै उनले सहयोग गरिएको ह्विलचियरले फरक क्षमता भएकी महिलाको दैनिक जिवनमा सहजता ल्याउनेमा जोड दिए । प्रशिक्षक टिकाराम सापकोटाले सक्रियतापूर्वक तालिममा सहभागी भएका क्लबका सदस्य सहभागीहरुलाई धन्यबाद व्यक्त गर्दै तालिमले लेखा व्यवस्थापन प्रकृयामा  सकरात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

तालिममा संस्थाका २७ जना सदस्यहरुले कर र लेखा व्यवस्थापन प्रकृया सम्बन्धी जानकारी लिए । सोही कार्यक्रममा विपन्न परिवारकी विगत २० बर्ष देखि हात नचल्ने, उठेर हिडन नसक्ने फरक क्षमता भएकी हाल पोखरा ९ बास्तोलाथर बस्ने बर्ष ६३ की राज कुमारी बर्मालाई सहज जिवन सञ्चालनमा सहयोग पुर्याउने उद्धेश्यका साथ क्लबबाट ह्विलचियर थान १ सहयोग गरीएको थियो ।

क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा द्धितिय उपाध्यक्ष नवराज कुमार गोठाजुुले स्वागत मन्तव्य राखेका थिए ।