


सिद्धार्थ क्लब पोखराले अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गा स्थित श्री भगवती माध्यामिक विध्यालयमा अन्नपूर्ण गाउँपालिका वडा नं ९ का वडा सदस्य श्री पुष्पा पुनको प्रमुख आतिथ्यतामा सिरक डसना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पुष्षा पुनले जाडो मौसममा छात्रबासका विध्यार्थीहरुलाइ मध्येनजर गरी आयोजना गरेको कार्यक्रमले विद्यार्थीहरुलाई जाडो को जोखिम बाट बच्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै क्लबले अन्नपूर्ण गाउँपालिकामा सामाजिक कार्यक्रमहरु गरिरहन अनुरोध गर्दै सहकार्यमा कार्यक्रमहरु गर्न सकिने भनाइ राख्नु भयो ।
कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले विद्यालयको छात्रबासमा बसोबास गरी अध्ययनरत छात्र छात्राहरुलाई क्लबको सहयोगले जाडो मौसमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असर न्यूनिकरण गर्नुका साथै विध्यार्थीहरुको पठन पाठनमा समेत सहयोग पुग्ने विश्वाश व्यक्त गर्नुभयो । त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेरबहादुर गुरुङ्ग, सिद्धार्थ क्लबका निर्देशक विनोद प्रसाद श्रेष्ठ,सल्लाहकार समिति सचिव पार्वती माकाजू, विद्यालयका प्रधानाध्यापक चन्द्र कुमारी गुरुङले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहने बारे भनाई राख्दै सहयोगको उचित सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयको छात्रवासका छात्र छात्राहरुको लागी आवश्यक ३२ थान सिरक, डसना, सिरानी, तन्ना लगायतमा सामाग्री सहयोग गरिएको थियो । क्लबका सचिव रवि मर्सानीले संचालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई स्वागत प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो ।