Social works

पोखरा जेठ २०

सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५ देउराली, खडागाउँ स्थित श्री भैरवी आधारभूत विध्यालयमा रुपा गाउँपालिका वडा नं ५ का  वडा अध्यक्ष श्री राजन खनाल ज्यूको प्रमुख आतिथ्यतामा  विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राजन खनालले क्लबले रुपा गाउँपालिका वडा नं ५ का विद्यालयहरुमा गरेको सहयोगका कार्यक्रमहरुको प्रशंसा गर्दै सरकारी विद्यालय सम्पूर्ण गाउँबासीकै विद्यालय भएको हुदाँ विद्यालय प्रति अपनत्व व्यक्त गर्दै बालबालिकाहरुलाई सरकारी विद्यालयमा अध्ययन गर्न आफनो मन फराकिलो पार्न अभिभावक, शिक्षकहरुमा अनुरोध गर्नुभयो । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबको  कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको नियमितता र भर्नादरमा बृद्धी हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुने विश्वाश व्यक्त गर्नुभयो । त्यसैगरि कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह गुरुंङ र विद्यालयका प्रधानाध्यापक श्याम कृमार श्रेष्ठले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहेको, सहयोगले गुणस्तरीय शिक्षा प्राप्ति र विद्यार्थीहरुको संख्या बृद्धिदर मा सहयोग पु¥याउने विश्वास व्यक्त  गर्नुभयो ।

कार्यक्रममा २८ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट, पाइन्ट÷फर्क) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रममा सहयोग गरिएको पोशाक क्लबका सचिव विनोद प्रसाद श्रेष्ठ र समाजसेवी मन्दिरा श्रेष्ठको परिवार बाट सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा क्लबका निर्देशक रवि मर्सानीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

मिति २०८१ जेठ ७ गतेसिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५ देउरालीफेदी स्थित श्री गाउँफर्क आधारभूत विध्यालयमा रुपा गाउँपालिका वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष श्री कुमारी गुरुङ ज्यूको प्रमुख आतिथ्यता तथा वडा सदस्य पानमाया परियार ज्यूको विशेष उपस्थितमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि कुमारी गुरुङज्यूले क्लबको सहयोगले विद्यार्थीहरुको पठन पाठनमा ठुलो सहयोग पुगेको भनाइ राख्दै वडाका अन्य विद्यालयहरुमा पनि यस प्रकारको कार्यक्रम आयोजना गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबको  कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको नियमितता र भर्नादरमा बृद्धी हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुने विश्वाश व्यक्त गर्नुभयो । त्यसैगरि कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर अधिकारी र विद्यालयका प्रधानाध्यापक पार्वती ढुङ्गानाले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहेको भनाई राख्दै सहयोगले गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ४१ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट, पाइन्ट÷फर्क) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रममा सहयोग गरिएको पोशाक क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठ र सल्लाहकार समिति संयोजक अनिल श्रैष्ठको परिवार बाट सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा क्लबका निर्देशक रवि मर्सानीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

 

 

 

पोखरा, चैत्र  ९

सिद्धार्थ क्लब पोखराले श्री बाराही माध्यमिक विद्यालय, पोखरा–५ मालेपाटनका प्रद्यानाध्यापक श्री शिव प्रसाद भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा बाराही मा.विको सभाहलमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्री शिव प्रसाद भण्डारीज्यूले क्लबले विद्यालयमा शैक्षिक, भौतिक सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराउँदै मानवीय सेवाको पुण्य कार्यमा अभिप्रेरित गर्न अभिमुखिकरण कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले स्थापना काल देखीनै रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान सम्बन्धी जनचेतना फैलाउदै आएको बारे चर्चा गर्दै विध्यालय केन्द्रित उत्प्रेरित अभिमुखिकरण कार्यक्रमले विद्यार्थी मार्फत परिवार र समाजनै रक्तदान गर्न उत्साहित रहने विश्वास व्यक्त गर्नुभयो ।

बाराही माध्यामिक विद्यालयका कक्षा ११ र १२ का १२० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशीक रक्त संचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र के.सी र नर्स यमुना के.सीले रक्तदानको महत्व र आवश्यक्ताबारे अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रम क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने क्लबका निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

 

चैत्र १, पोखरा

सिद्धार्थ क्लब पोखराको आयोजना, सिद्धार्थटोल टोल विकास संस्था, भवानी आमा समूह,  बगालेटोल दिदी बहिनी समूहको सह–आयोजना र ने.रे.सो. कास्की प्रदेशीय रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६६ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रथम रक्तदाता तथा क्लबका कोषाध्यक्ष सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रुद्रनाथ बरालले सिद्धार्थ क्लबको बाल,शिक्षा, महिला स्वास्थ्य लक्षित कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक रुपान्तरणका कार्यक्रमहरुमा वडा कार्यलयबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै उहाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ साल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

संयोजक दिनेश श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव विनोद प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

पोखरा, फागुन २३

सिद्धार्थ क्लब पोखराले श्री जनप्रिय माध्यामिक विद्यालय, पोखरा–८ सिमलचौरका प्रद्यानाध्यापक श्री देवीप्रसाद बस्ताकोटीज्यूको प्रमुख आतिथ्यतामा जनप्रिय मा.विको सभाहलमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्री देवीप्रसाद बस्ताकोटी ज्यूले अभिमुखिकरण कार्यक्रमले विध्यार्थीहरुमा रक्तदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै विध्यार्थीहरुलाई शैक्षिकका साथै अन्य मानवीय र सामाजिक कार्यमा लाग्न अनुरोध गर्नुभयो । क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले स्थापना काल देखीनै रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान सम्बन्धी जनचेतना फैलाउदै आएको बारे चर्चा गर्दै विध्यालय केन्द्रित उत्प्रेरित अभिमुखिकरण कार्यक्रमले विद्यार्थी मार्फत परिवार र समाजनै रक्तदान गर्न उत्साहित रहने विश्वास व्यक्त गर्नुभयो ।

जनप्रिय माध्यामिक विद्यालयका कक्षा ११ र १२ का ९८ जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशीक रक्त संचार सेवाका प्रमुख अर्जुन ज्ञवाली र नर्स समिक्षा अधिकारीले रक्तदानको महत्व र आवश्यक्ताबारे अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रम क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने क्लबका निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

मिति २०८० पोखरा पुष ८ गते सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका–४ ढुङ्गेगाडा, गौरीपोखरी स्थित श्री महेन्द्र आधारभूत विद्यालयमा  न्यानो कपडा वितरण कार्यक्रम वडा कार्यालय–४का वडा अध्यक्ष श्री मुकुन्द बहादुर बंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सिद्धार्थ क्लबले विगत ७ बर्ष देखी महेन्द्र आधारभूत विद्यालयमा शैक्षिक, पोशाक, खेलकुद लगायतका सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको कार्यको प्रशंशा गर्दै प्रमुख अतिथि मुकुन्द बंशीले अभिभावकहरुलाई विद्यार्थीहरु नियमित विद्यालय पठाउनुका साथै घरमा पठन पाठनको वातावरण निर्माण गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विद्यालयमा  बालबालिकाहरुको संख्या घटन नदिन विद्यालय परिवारले आफनो दायित्व पुरा गर्नु पर्ने भनाई राख्दै क्लबले आवश्यकता अनुसार विद्यालयलाई सहयोग गर्ने भनाई राख्नुभयो । यसैगरी क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले सहयोगका कार्यक्रमले विद्यालय परिवारलाई अनुशाशित बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुको अवस्था देखेर आफुलाई थप सहयोग गर्न इच्छा जागेको हुदा विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउन यथासिघ्र सिद्धार्थ क्लब मार्फत आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्झना राना मगर, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद रेग्मी र विद्यालयका कार्यवाहक प्रधानाध्यापक सिता पौड्यालले क्लबले विद्यालयमा गरेको सहयोगको प्रशंशा गर्दै प्राप्त सहयोगको सदुपयोग हुनेमा विश्वस्त रहन अनुरोध गर्दै विद्यालयले शैक्षिक गुणस्तर वृद्धिको कार्यमा प्रतिवद्ध रहेको भनाइ राख्नु भयो ।

कार्यक्रममा विद्यालयका ४४ जना विद्यार्थीहरुलाई न्यानो कपडा ( स्विटर,टोपी र मोजा) वितरण गरिएको थियो । कार्यक्रममा वितरण गरिएको न्यानो कपडा समाजसेवी तथा क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठ र उहाको घर्मपत्नी सुजा श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा स्वागत तथा कार्यक्रम माथि प्रकाश निर्देशक रवि मर्सानीले गर्नुभएको थियो ।

पोखरा पुष ४

सिद्धार्थ क्लब पोखराले मादी गाउँपालिका–७ छाचोक, रामडाँडा स्थित श्री कालिका आधारभूत विध्यालयमा गाउपालिका वडा नं ७ का वडा सदस्य श्री योगराज रेग्मीको प्रमुख आतिथ्यतामा स्टेशनरी तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि योगराज रेग्मीले सिद्धार्थ क्लबले मादी गाउँपालिकामा कार्यक्रमहरु गर्न सुरुवात गरेकोमा धन्यबाद दिदै स्टेशनरी सामग्री र मौसम अनुकुल न्यानो कपडा वितरण कार्यले विद्यार्थीहरु विद्यालयमा नियमित आउनका साथै पठन पठान कार्यमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले मादी गाउँपालिकामा कार्यक्रमका साथ प्रवेश गर्न पाउदा खुशीयाली व्यक्त गर्दै विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिका कार्यक्रमहरु गर्ने भनाइ राख्दै विद्यालयले विद्यार्थीको वृद्धिदरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद सापकोटा र विद्यालयका प्रधानाध्यापक विष्णु जङ्ग थापाले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिवद्ध रहेको भनाई राख्नु भयो ।

कार्यक्रममा विद्यालयका १० जना बालबालिकाहरुको लागी  कापि कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा (स्विटर, टोपी, मोजा) वितरण गरिएको थियो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा निर्देशक रवि मर्सानीले  स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

पोखरा मंसिर २४

सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष श्री राजन खनालको प्रमुख आतिथ्यतामा रुपा गाउँपालिका–५ देउराली खडागाउँ स्थित श्री भैरवी आधारभूत विध्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुअ अतिथि राजन खनालले सिद्धार्थ क्लबले आफ्नो वडाका विद्यालयहरुमा विगत देखी शैक्षिक, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा धन्यबाद व्यक्त गर्दै जाडो मौसममा न्यानो कपडा वितरण कार्यले विद्यार्थीहरुको विद्यालय आगमनमा सहयोग पुग्ने धारणा व्यक्त गर्दै वडाले शैक्षिक क्षेत्र सुधारका कार्यक्रमहरु योजना गरेको र सो कार्यमा संघ संस्थाहरुसंग समन्वय र सहकार्य महत्वपूर्ण रहने भनाई व्यक्त गर्नुभयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीको स्वास्थ्य र शिक्षा आर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गुणस्तर शिक्षा प्रदान गर्ने कार्यमा क्लबको सदैव सहयोग रहने भनाइ राख्नु भयो । कार्यक्रममा सिद्धार्थ क्लबका सल्लाहकार समितिका सचिव पार्वती माकाजू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहर सिंह गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक श्याम कुमार श्रेष्ठले   कार्यक्रमले विद्यार्थीहरुको स्वस्थ्यमा प्रत्यक्ष लाभान्वित गरी  शिक्षा आर्जनमा नियमितता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका २८ जना बालबालिकाहरुको लागी न्यानो कपडा (स्विटर, टोपी र मोजा) वितरण गरिएको थियो । वितरित सामग्रीहरु चिप्लेढुङ्गा पोखरा निवासी समाजसेवीद्धय युगेन पालिखे र मन्दिर श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा निर्देशक रवि मर्सानीले  स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी अभिमुखिकरण एवं गर्भवती तथा भि आइ ए र आँखा परिक्षण कार्यक्रम

मिति २०८० कार्तिक ३ गते सिद्धार्थ क्लब पोखराले नेपालीहरुको महान पर्व २०८० सालको बडा दशैँ, दिपावली, नेपाल सम्बत तथा छठको उपलक्ष्यमा बगालेटोल स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा पोखरा महानगरपालिका वडा नं ८ का वडा सदस्य हिराकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि हिराकाजी श्रेष्ठले हामी सबैले आफनो दक्षता अनुसार हर्ष उल्लासका साथ चाडपर्व मनाउनु पर्नेमा जोड दिदै पर्वहरुले भाइचाराको सम्बन्धमा प्रगाढ ल्याउने विश्वास सहितको शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले प्रत्यक बर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आइरहेको र यस प्रकारको कार्यक्रमले आफनो संस्कार संस्कृती चाड पर्वहरुको महत्व वारे जानकारी गराउदै सांस्कृतीक संरक्षण एवं सामुहिक सदभाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसै गरि क्लबका मानार्थ सदस्य भक्तराज श्रेष्ठ, पूर्व अध्यक्ष कृष्ण प्रसाद मर्सानी, नव सिद्धार्थ महिला साकोसका अध्यक्ष भवानी माकाजू, क्लबका निवर्तमान अध्यक्ष प्रमोद नारायण श्रेष्ठ, बगालेटोल सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले शुभकामना मन्तव्य राख्दै चाड पर्वहरुले संस्कृतीको जर्गेना गर्ने हुदाँ सबैले सामुदायिक सदभावक र आत्मियताका साथ चाड पर्व मनाउनु पर्ने मनसायको भनाई व्यतm गर्दै उपस्थित सबैमा सु स्वास्थ्य र दिर्घायूको कामना सहितको शुभकामना व्यतm गर्नुभयो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।