Social works

मिति २०८२ श्रावण ८ गते क्लबका अध्यक्ष देवेन्द्र पराजुली ज्यूको सभाध्यक्षतामा नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्की लाई विपद प्रभावित परिवारहरुलाई राहत स्वरुपको सहयोग व्यवस्थापन गर्ने कार्यको सहजिकरणका लागी त्रिपाल हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सभाध्यक्ष देवेन्द्र पराजुलीले नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल ज्यूलाई १८×२४ साइजको २५ थान त्रिपाल हस्तान्तरण गर्नुभएको थियो ।

श्रावण ६
पोखरा
सिद्धार्थ क्लब पोखराले स्थापनाको ४१औँ बार्षिकोत्सब कार्यक्रम १०९ जनाको प्रयोगशाला सम्बन्धी निशुल्क स्वस्थ्य परिक्षण गरी सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका पूर्वअध्यक्ष प्रविण गुरुङले क्लबको उत्तरोतर प्रगतिको कामना गर्दै क्लबले आयोजना गर्ने सामाजिक कार्यक्रमहरुमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकाल देखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको स्थापनाको ४१औँ बार्षिकोत्सब कार्यक्रम मनाउन पाउदा खुशी व्यक्त गर्दै संस्थालाई वर्तमान समय सम्म साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले क्लबको स्थापना कालदेखीको संघर्ष बारे जानकारी गराउँदै क्लबले ४१औँ बसन्त पार गरेकोमा शुभकामना व्यक्त गरिन् ।
बार्षिकोत्सबका अवसरमा क्लबले सुगर,कलेजो, मृगौला, मुटु, पिसाब सम्बन्धी १०९ जनाको निशुल्क रुपमा जाँच गरेको थिए ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए ।

मिति २०८२ श्रावण ६ गते सिद्धार्थ क्लबको ४१औँ बार्षिकोत्सबको औपचारिक कार्यक्रम क्लबका पूर्वअध्यक्ष प्रविण गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा क्लब प्राङ्गण सिद्धार्थ क्लबमा सम्पन्न गरिएको थियो । बार्षिकोत्सबको अवसरमा पोखरा प्याथ ल्याब सिद्धार्थचोकको प्राविधिक सहयोगमा श्रावण ६ र ७ गते क्लबका सदस्य ३१ जना र बगालेटोल र सेरोफेरोका१३६ गरि कुल १६७ जनाको निशुल्क सुगर,कलेजो, मृगौला, मुटु, पिसाब सम्बन्धी जाँच गरिएको थियो । स्वास्थ्य परिक्षण कार्यक्रम बाट १६७ जनाले आफनो स्वास्थ्य स्थितीबारे जानकारी प्राप्त गरेका थिए । ३१ जना सेवाग्राहीको स्वास्थ्यमा केही समस्या देखिएकाले डाक्टर कुमार कुमाल लाई रिपोर्ट देखाई थप परामर्स समेत लिएका थिए ।

पोखरा असार ३०
सिद्धार्थ क्लब पोखराले १६ जना महिलाहरुको सहभागितामा ब्याग बनाउने तालिम क्लब सचिवालय भवन सिद्धार्थचोकमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न र आर्थिक आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कार्यक्रम संयोजक ईन्दिरा मर्सानी श्रेष्ठले तालिमको सदुपयोग गर्न अनुरोध गर्दै थप तालिमको व्यवस्थाका लागी आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रमका प्रशिक्षक सत्य श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा निरन्तरता दिन अनुरोध गर्दै इच्छुक महिलाहरुलाई उद्यमशिल बनाउन आफनो पूर्ण सहयोग रहने भनाइ व्यक्त गरिन । कार्यक्रमका सहभागी भधु कुबँरले आयोजक संस्थालाई धन्यबाद दिदै तालिमको सिकाइलाइ व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरिन । असार २९ र ३० गते दुई दिन सम्म सञ्चालन गरिएको तालिममा क्लबका महिला सदस्य तथा स्थानिय संघ संस्थाका महिलाहरु गरी १६ जना महिला सहभागीहरुलाइ कपडाको ब्याग(झोला) बनाउने तालिम प्रदान गरिएको थियो ।

जेठ २६
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका स्थित श्री गाउँफर्क आधारभूत विद्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम रुपा गा.पा. वडा नं ५ का वडा सदस्य श्री मिना कुवँर ज्यूको र श्री वीरेन्द्र आधारभूत विद्यालयमा स्टेशनरी तथा खेलकुद सामग्री वितरण कार्यक्रम समाजसेवी धनराज गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा विद्यालय पोशाक सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षतामा क्लबले गाउँफर्क आधारभूत विद्यालयमा विद्यालयका २९ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट र पाइन्ट÷फर्क ) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरेको थियो । यसै गरि क्लब बाट श्री वीरेन्द्र आधारभूत विद्यालयका १९ जना विद्यार्थीहरुका लागी स्टेशनरी तथा खेलकुद सामग्री का साथै एक जोर जुत्ता सहयोग गरिएको थियो । गाउँफर्क विद्यालयमा सहयोग गरिएको पोशाक समाजसेवीद्धय मन्दिरा श्रेष्ठ र युगेन पालिखे ज्यूबाट सहयोग प्राप्त भएको थियो ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

जेठ १४

पोखरा

 सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका २८ जना विद्यार्थीहरुलार्इ स्टेशनरी सामग्री तथा झोला वितरण गर्ने  कार्यक्रम बगालेटोल स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न गरेको छ ।

सिद्धार्थ क्लबले सामाजिक क्षेत्रमा राम्रो कामहरु गर्दै गईरहेको भनाइ राख्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष हिराकाजी श्रेष्ठले वडा कार्यालय बाट क्लबका सामाजिक गतिविधीहरु सञ्चालन गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले क्लबले महिला, स्वास्थ्य र वातावरणका साथै बाल, शैक्षिक क्षेत्रमा विगत देखी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सन्दर्भमा नियमित कार्यक्रम अनुरुपको स्टेशनरी तथा झोला वितरण कार्यक्रमले विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक  पार्वती माकाजूले विद्यार्थीको शैक्षिक यात्रामा शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने चर्चा गर्दै शिक्षकहरुलाई गम्भिरताका साथ शैक्षिक कार्यमा लाग्नुहुन अनुरोध गरिन । साथै उनले स्थानिय निकायहरु बाट सहयोग भएमा संघ संस्थाहरुलाई सामाजिक कार्यमा थप हौसला मिल्ने भनाइ राखिन । यसै गरी जनजागृती मा.वि. सराङ्गकोटका शिक्षक कृष्ण प्रसाद तिमिल्सीनाले क्लबले विगतमा गरेका सामाजिक कार्यहरुको स्मरण गराउँदै बृहत र ओझीला कार्यक्रमहरु मार्फत क्लबको गरिमालाई निरन्तरता दिन अनुरोध गरे ।

कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गतका विध्यार्थीहरूलाइ आवश्यक एक एक वटा विद्यालय झोला, कापी, पेन, पेन्सील, इरेजर, कटर, ड्रइङ्ग कपी लगाएतका शैक्षिक सामग्री सहयोग गरिएको थियो । क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेके कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए  ।

फागुन ५, पोखरा
सिद्धार्थ क्लब पोखराले प्रादेशिक रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६५ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले कार्यक्रम संयोजक सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि देवकृष्ण पराजुलीले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक कार्यक्रमहरुमा वडा कार्यलयको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । साथै उनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले मानवीय सेवा भाव सहित घुम्ती रक्तदान गर्दै रक्तदान कार्य सुरु गरेको सिद्धार्थ क्लबले धेरै संघ संस्थाहरुलाई रक्तदान गर्न प्रेरित गरेको चर्चा गरिन । समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ साल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष देवेन्द्र पराजुलीले सहयोगी, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद दिए ।
संयोजक सुनिल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गरेक थिए ।

मिति २०८१ मंसिर १९ गते सिद्धार्थ क्लब पोखराले क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाधयक्षतामा रुपा गाउँपालिका–५ रामादी स्थित श्री वीरेन्द्र आधारभूत विध्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष देवेन्द्र पराजुलीले कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थीहरुको पठन पाठनको बातावरणमा सहयोग पुर्याउनुका साथै जाडो मौसमका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर गुरुङ्गले सहयोगका कार्यक्रमहरुले विद्यालयमा विद्यार्थीहरुको नियमिततामा सुधार भएको जानकारी गराउदै गुणस्तर शिक्षा सेवामा विद्यालय प्रतिवद्ध रहेको भनाइ व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कल्पना शर्मा सुबेदी ले कार्यक्रमले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने भनाई राख्दै विपन्न पिछडिएका समुदायका वालवालिकाहरुको वाहुल्यता रहेकोे वीरेन्द्र आ.वि विद्यालयलाई निरन्तर सहयोग गर्न अनुरोध गर्नुभयो ।  कार्यक्रममा विद्यालयका २२ जना बालबालिकाहरुको लागी स्विटर, टोपी, मोजा सहयोग गरिएको थियो । क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

 

मिति २०८१ श्रावण १९ गते सिद्धार्थ क्लब पोखराको आ.ब. २०८१÷८२ का लागी नव निर्वाचित कार्यसमितिको पदस्थापन समारोह पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठको अध्यक्षतामा पोखरा ९ न्यूरोड स्थित सिटि स्क्वायर व्याङक्यूटको वेगनास सभाहलमा  सम्पन्न भयो । कार्यक्रममा संस्थाको बार्षिक बुलेटिन सिद्धार्थ आवाज प्रमुख अतिथि ज्यूले विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रुद्रनाथ बरालले क्लबले शिक्षाको क्षेत्रमा प्रोत्साहित गर्ने सराहनिय कार्यक्रमहरु गरेको चर्चा गर्दै आगामि दिनमा स्वरोजगार सृजना गर्ने कार्यक्रमहरु गर्न आग्रह गर्नुभयो । क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले आफनो दक्षताले क्लबको छबि उच्च राख्ने कार्यमा प्रतिवद्ध भई आफनो कार्यकाल सम्पन्न गरेको जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिको सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष उत्तममान वुद्धाचार्य, महिला अधिकारका लागि राष्ट्रिय अभियानका अध्यक्ष शोभा आचार्यले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सिद्धार्थ आवाज बुलेटिन विमोचन गरिनुका साथै देवेन्द्र पराजुलीको अध्यक्षतामा  प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठ, द्वितिय उपाध्यक्ष नवराज कुमार गोठाजु, सचिव प्रमोद नारायण श्रेष्ठ, निर्देशक राम नारायण श्रेष्ठ, सह सचिव योजना मर्सानी र कार्यसमिति पदमा जमुना अधिकारी तिमिल्सिना रहने गरि आ.ब. २०८१।०८२ का लागि निर्वाचित भएको समितिलाई पदस्थापन गराइएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक र सहयोगी दाताहरुलाई मायाको चिनो, योग्य सदस्यलाई आजिवन सदस्यता प्रदान, शैक्षिक सत्र २०८० मा एस.ई.ई उत्तिर्ण क्लब सदस्यका छोरा छोरी तथा बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा निर्देशक तथा पदस्थापन कार्यक्रमका संयोजक रवि मर्सानीले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।

पोखरा जेठ ३१

सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका वडा नं ५ का वडा सदस्य श्री रामकृष्ण बसौला ज्यूको प्रमुख आतिथ्यतामा रुपा गाउँपालिका–५ रामादी स्थित श्री वीरेन्द्र आधारभूत विध्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रामकृष्ण बसौलाले क्लबलेविद्यालयलाई गरेको सहयोग प्रति धन्यबाद व्यक्त गर्दै सहयोगले विद्यार्थीहरुको विद्यालय आगमनमा निरन्तरता र गुणस्तरीय शिक्षा प्रदानमा सहयोग पुग्ने भनाई राख्नु भयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्या वृद्धिदरमा सहयोग पुर्याउने विश्वास  व्यक्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा क्लबको सदैव सहयोग रहने भनाइ राख्नु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोना कुमारी यादवले कार्यक्रमले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने भनाई राख्दै विपन्न पिछडिएका समुदायका वालवालिकाहरुको वाहुल्यता रहेकोे वीरेन्द्र आ.वि विद्यालयलाई निरन्तर सहयोग गर्न अनुरोध गर्नुभयो ।  कार्यक्रममा विद्यालयका २२ जना बालबालिकाहरुको लागी विद्यालय पोशाक (सर्ट, पाइन्ट÷फर्क एक एक जोर) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रममा सहयोग गरिएको पोशाक चिप्लेढुङ्गा पोखरा निवासी समाजसेवीद्धय युगेन पालिखे र मन्दिरा श्रेष्ठबाट सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत र निर्देशक रवि मर्सानीले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

 

 

पोखरा जेठ २३

सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ४ सिद्ध ढुङ्गागाडे, स्थित श्री महेन्द्र आधारभूत विध्यालयमा रुपा गाउँपालिका वडा नं ४ का अध्यक्ष श्री मुकुन्द बहादुर बंशील ज्यूको प्रमुख आतिथ्यतामा  विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्री मुकुन्द बहादुर बंशीले वितरण गरिएको सामग्रीहरुको सही सदुपयोग गर्न र विद्यार्थीहरुको पठन पाठनको वातावरण घरमा पनि निर्माण गरिदिन अभिभावक ज्यूहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विद्यालयमा विद्यार्थीहरुको नियमितता र संख्यामा बृद्धी हुनेमा विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विद्यालय परिवार प्रतिवद्ध भई अगाडि बढन अनुरोध गर्नुभयो । त्यसैगरि कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठले सहकार्य र सहयोगबाट सामाजिक रुपान्तरण र विकाश सम्भव हुने भनाई राख्दै सिद्धार्थ क्लब मार्फत आफुले विध्यालयलाई सहयोग गर्दै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक राज बहादुर बंशीले क्लबको सहयोगले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगेको भनाई राख्दै विध्यार्थी भर्ना दर र गुणस्तरीय शिक्षा प्रदानको कार्यमा आफुहरु प्रतिवद्ध रहेको भनाई व्यक्त गर्नुभयो ।

कार्यक्रममा ३६ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट, पाइन्ट÷फर्क दुइ दुइ जोर) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रममा सहयोग गरिएको पोशाक क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी श्री ज्ञानेश्वर राज श्रेष्ठबाट आफ्नो जन्मोत्सवको उपलक्ष्यमा सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।