




१. मिति २०७८ जेठ २४ गते सिद्धार्थ क्लब पोखराले नेपाल रेडक्रस सोसाईटी, कास्की शाखालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिन आउने असहाय, विपन्न विरामीहरुको उपचारार्थ आवश्यक रक्त सेवा निःशुल्क व्यवस्थाका लागि ८५ युनिट रगत पोका बराबरको रकम अक्षेरुपी रु साठी हजारको चेक हस्तान्तरण गरेको छ । क्लबका दितिय उपाध्यक्ष प्रमोद नारायण श्रेष्ठले ने.रे.सो.कास्कीका कोषाध्यक्ष श्री सुरेन्द्र गुरुङलाइ सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
अक्सिजन पलान्ट स्थापनाका लागी सहयोग
२. विश्वव्यापि रुपमा फैलिएको कोरोना महामरी संक्रमणको दोश्रो लहरमा संक्रमितहरुमा अक्सिजनको आवश्यक्तालाई मध्येनजर गरि सिद्र्धाथ क्लब पोखराले बतास फाउन्डेसनको सक्रियतामा पोखरा स्थित क्षेत्रिय अस्पतालमा अक्सिजन पलान्ट स्थापनाका लागी सहयोग रकम जुटाउने अभियानमा रु एक लाख पचाँस हजार रुपैया सहयोग गरेको छ । मिति २०७८ जेठ २५ गते सहयोग रकम बराबरको चेक बतास फाउन्डेसनको खाता रहेको ग्लोबल आइ एम इ बैक मा जम्मा गरेको थियो ।
पोखरा फागुन १
सिद्धार्थ क्लब पोखराको आर्थिक बर्ष २०७६।०७७को बार्षिक साधारण सभा क्लबका अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा पोखरा ९ न्यूरोड स्थित सिटि स्क्वाएर व्याङक्वेटको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष पार्वती माकाजूले विश्वव्यापि रुपमा फैलिएको कोरोना महामारीका बिच कार्यक्रमहरु अगाडि बढाउनु पर्ने अवस्थामा आएको चुनौतिहरुबारे जानकारी दिदै सम्पन्न कार्यक्रम तथा संस्थाका गतिविधिहरुबारे उठेका जिज्ञासाहरु प्रस्ट पार्नुभएको थियो । सचिव ईन्दिरा मर्सानी श्रेष्ठले संचालन, प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा आ.ब. २०७६।०७७ को बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आ.ब.२०७७।०७८ को बार्षिक कार्ययोजना लगायतका एजेण्डाहरुमाथि छलफल गर्नुका साथै संस्थाका सदस्यहरुको समर्थनमा एजेण्डाहरु अनुमोदन गरिएको थियो । विश्वभरी फैलिएको कोभिड १९ को संक्रमणका कारण सरकारले लकडाउन गरेका कारण संस्थाको बार्षिक रुपमा हुनु पर्ने साधारण सभा समयमा हुन नसकेको कारणले नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम हुन नसकेको हुनाले हालको परिस्थिती अनुसार पुरानै कार्यसमितिलाई संस्थाको नियमित कार्य तथा कार्यक्रमहरु सञ्चालन गरी अगाडि बढनको लागी आ.ब. २०७७÷०७८ का लागी पार्वती माकाजुको नेतृत्व रहेको पुरानै कार्यसमिति पदाधिकारी सदस्यहरुलाई नै अधिकार प्रत्यायोजन गरिएको छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष र सदस्यहरुबाट क्लबले निश्चित क्षेत्रमा विशेष कार्यक्रम गर्नुपर्ने सुझाब दिनुभएको थियो ।