

मिति २०८१ मंसिर १९ गते सिद्धार्थ क्लब पोखराले क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाधयक्षतामा रुपा गाउँपालिका–५ रामादी स्थित श्री वीरेन्द्र आधारभूत विध्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष देवेन्द्र पराजुलीले कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थीहरुको पठन पाठनको बातावरणमा सहयोग पुर्याउनुका साथै जाडो मौसमका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर गुरुङ्गले सहयोगका कार्यक्रमहरुले विद्यालयमा विद्यार्थीहरुको नियमिततामा सुधार भएको जानकारी गराउदै गुणस्तर शिक्षा सेवामा विद्यालय प्रतिवद्ध रहेको भनाइ व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कल्पना शर्मा सुबेदी ले कार्यक्रमले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने भनाई राख्दै विपन्न पिछडिएका समुदायका वालवालिकाहरुको वाहुल्यता रहेकोे वीरेन्द्र आ.वि विद्यालयलाई निरन्तर सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा विद्यालयका २२ जना बालबालिकाहरुको लागी स्विटर, टोपी, मोजा सहयोग गरिएको थियो । क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।