
पोखरा माघ २३
सिद्धार्थ क्लब पोखराले क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षता तथा वडा नं २३ का वडा शिक्षा संयोजक चेत बहादुर क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा पोखरा २३ कद्वीडाँडा स्थित श्री हर्पनकोट माध्यमिक विध्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि चेत बहादुर क्षेत्रीले क्लबको सहयोगले बिद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामि दिनमा पनि क्लब बाट वडा तथा विद्यालयमा सहयोग प्राप्त हुने अपेक्षा राख्नुभयो । यसै गरि सभाध्यक्ष देवेन्द्र पराजुलीले कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थीहरुको पठन पाठनको बातावरणमा सहयोग पुर्याउनुका साथै जाडो मौसमका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानसिंह गुरुङ्गले सहयोगका कार्यक्रमहरुले विद्यालयमा विद्यार्थीहरुको नियमिततामा सुधार भएको जानकारी गराउदै गुणस्तर शिक्षा सेवामा विद्यालय प्रतिवद्ध रहेको भनाइ व्यक्त गर्नुभयो । क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले सिद्धार्थ क्लबका कार्यक्रमहरुको जानकारी गराउदै विद्यालयमा थप सहयोेगको वातावरण सृजना गर्न पहल गर्ने भनाइ राख्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव परियारले कार्यक्रमले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने भनाई राख्दै विपन्न पिछडिएका समुदायका वालवालिकाहरुको वाहुल्यता रहेकोे हर्पनकोट माध्यामिक विद्यालयलाई निरन्तर सहयोग गर्न अनुरोध गर्नुभयो ।कार्यक्रममा विद्यालयका ४७ जना बालबालिकाहरुको लागी विद्यालय ट्रयाक सुट सेट, टिसर्ट र का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । सहयोग गरिएको थियो ।
कार्यक्रममा वितरण गरिएको ट्रयाक सुट सेट, टि सर्ट खरिदका लागी क्लबका अध्यक्ष देवेन्द्र पराजुली, समाजसेवी बाल गोपाल श्रेष्ठ, कम्फर्ट डेन्टल क्लिनिक प्रा.लि, एम के ज्वलरी प्रा.लि, माण्डव्य टे«ड कन्सर्न, समाजसेवी विकलमा बुद्धचार्य, स्टेशनरी सामग्री क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठ र विद्यार्थीहरुको लागी खाजा क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
Comments closed