श्रावण ६
पोखरा
सिद्धार्थ क्लब पोखराले स्थापनाको ४१औँ बार्षिकोत्सब कार्यक्रम १०९ जनाको प्रयोगशाला सम्बन्धी निशुल्क स्वस्थ्य परिक्षण गरी सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका पूर्वअध्यक्ष प्रविण गुरुङले क्लबको उत्तरोतर प्रगतिको कामना गर्दै क्लबले आयोजना गर्ने सामाजिक कार्यक्रमहरुमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकाल देखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको स्थापनाको ४१औँ बार्षिकोत्सब कार्यक्रम मनाउन पाउदा खुशी व्यक्त गर्दै संस्थालाई वर्तमान समय सम्म साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले क्लबको स्थापना कालदेखीको संघर्ष बारे जानकारी गराउँदै क्लबले ४१औँ बसन्त पार गरेकोमा शुभकामना व्यक्त गरिन् ।
बार्षिकोत्सबका अवसरमा क्लबले सुगर,कलेजो, मृगौला, मुटु, पिसाब सम्बन्धी १०९ जनाको निशुल्क रुपमा जाँच गरेको थिए ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए ।
मिति २०८२ श्रावण ६ गते सिद्धार्थ क्लबको ४१औँ बार्षिकोत्सबको औपचारिक कार्यक्रम क्लबका पूर्वअध्यक्ष प्रविण गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा क्लब प्राङ्गण सिद्धार्थ क्लबमा सम्पन्न गरिएको थियो । बार्षिकोत्सबको अवसरमा पोखरा प्याथ ल्याब सिद्धार्थचोकको प्राविधिक सहयोगमा श्रावण ६ र ७ गते क्लबका सदस्य ३१ जना र बगालेटोल र सेरोफेरोका१३६ गरि कुल १६७ जनाको निशुल्क सुगर,कलेजो, मृगौला, मुटु, पिसाब सम्बन्धी जाँच गरिएको थियो । स्वास्थ्य परिक्षण कार्यक्रम बाट १६७ जनाले आफनो स्वास्थ्य स्थितीबारे जानकारी प्राप्त गरेका थिए । ३१ जना सेवाग्राहीको स्वास्थ्यमा केही समस्या देखिएकाले डाक्टर कुमार कुमाल लाई रिपोर्ट देखाई थप परामर्स समेत लिएका थिए ।
Comments closed