पोखरा असार ३०
सिद्धार्थ क्लब पोखराले १६ जना महिलाहरुको सहभागितामा ब्याग बनाउने तालिम क्लब सचिवालय भवन सिद्धार्थचोकमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न र आर्थिक आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कार्यक्रम संयोजक ईन्दिरा मर्सानी श्रेष्ठले तालिमको सदुपयोग गर्न अनुरोध गर्दै थप तालिमको व्यवस्थाका लागी आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रमका प्रशिक्षक सत्य श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा निरन्तरता दिन अनुरोध गर्दै इच्छुक महिलाहरुलाई उद्यमशिल बनाउन आफनो पूर्ण सहयोग रहने भनाइ व्यक्त गरिन । कार्यक्रमका सहभागी भधु कुबँरले आयोजक संस्थालाई धन्यबाद दिदै तालिमको सिकाइलाइ व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरिन । असार २९ र ३० गते दुई दिन सम्म सञ्चालन गरिएको तालिममा क्लबका महिला सदस्य तथा स्थानिय संघ संस्थाका महिलाहरु गरी १६ जना महिला सहभागीहरुलाइ कपडाको ब्याग(झोला) बनाउने तालिम प्रदान गरिएको थियो ।

Comments closed