Month: July 2025

मिति २०८२ श्रावण ८ गते क्लबका अध्यक्ष देवेन्द्र पराजुली ज्यूको सभाध्यक्षतामा नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्की लाई विपद प्रभावित परिवारहरुलाई राहत स्वरुपको सहयोग व्यवस्थापन गर्ने कार्यको सहजिकरणका लागी त्रिपाल हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सभाध्यक्ष देवेन्द्र पराजुलीले नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल ज्यूलाई १८×२४ साइजको २५ थान त्रिपाल हस्तान्तरण गर्नुभएको थियो ।

श्रावण ६
पोखरा
सिद्धार्थ क्लब पोखराले स्थापनाको ४१औँ बार्षिकोत्सब कार्यक्रम १०९ जनाको प्रयोगशाला सम्बन्धी निशुल्क स्वस्थ्य परिक्षण गरी सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका पूर्वअध्यक्ष प्रविण गुरुङले क्लबको उत्तरोतर प्रगतिको कामना गर्दै क्लबले आयोजना गर्ने सामाजिक कार्यक्रमहरुमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकाल देखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको स्थापनाको ४१औँ बार्षिकोत्सब कार्यक्रम मनाउन पाउदा खुशी व्यक्त गर्दै संस्थालाई वर्तमान समय सम्म साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले क्लबको स्थापना कालदेखीको संघर्ष बारे जानकारी गराउँदै क्लबले ४१औँ बसन्त पार गरेकोमा शुभकामना व्यक्त गरिन् ।
बार्षिकोत्सबका अवसरमा क्लबले सुगर,कलेजो, मृगौला, मुटु, पिसाब सम्बन्धी १०९ जनाको निशुल्क रुपमा जाँच गरेको थिए ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए ।

मिति २०८२ श्रावण ६ गते सिद्धार्थ क्लबको ४१औँ बार्षिकोत्सबको औपचारिक कार्यक्रम क्लबका पूर्वअध्यक्ष प्रविण गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा क्लब प्राङ्गण सिद्धार्थ क्लबमा सम्पन्न गरिएको थियो । बार्षिकोत्सबको अवसरमा पोखरा प्याथ ल्याब सिद्धार्थचोकको प्राविधिक सहयोगमा श्रावण ६ र ७ गते क्लबका सदस्य ३१ जना र बगालेटोल र सेरोफेरोका१३६ गरि कुल १६७ जनाको निशुल्क सुगर,कलेजो, मृगौला, मुटु, पिसाब सम्बन्धी जाँच गरिएको थियो । स्वास्थ्य परिक्षण कार्यक्रम बाट १६७ जनाले आफनो स्वास्थ्य स्थितीबारे जानकारी प्राप्त गरेका थिए । ३१ जना सेवाग्राहीको स्वास्थ्यमा केही समस्या देखिएकाले डाक्टर कुमार कुमाल लाई रिपोर्ट देखाई थप परामर्स समेत लिएका थिए ।

पोखरा असार ३०
सिद्धार्थ क्लब पोखराले १६ जना महिलाहरुको सहभागितामा ब्याग बनाउने तालिम क्लब सचिवालय भवन सिद्धार्थचोकमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न र आर्थिक आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कार्यक्रम संयोजक ईन्दिरा मर्सानी श्रेष्ठले तालिमको सदुपयोग गर्न अनुरोध गर्दै थप तालिमको व्यवस्थाका लागी आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रमका प्रशिक्षक सत्य श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा निरन्तरता दिन अनुरोध गर्दै इच्छुक महिलाहरुलाई उद्यमशिल बनाउन आफनो पूर्ण सहयोग रहने भनाइ व्यक्त गरिन । कार्यक्रमका सहभागी भधु कुबँरले आयोजक संस्थालाई धन्यबाद दिदै तालिमको सिकाइलाइ व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरिन । असार २९ र ३० गते दुई दिन सम्म सञ्चालन गरिएको तालिममा क्लबका महिला सदस्य तथा स्थानिय संघ संस्थाका महिलाहरु गरी १६ जना महिला सहभागीहरुलाइ कपडाको ब्याग(झोला) बनाउने तालिम प्रदान गरिएको थियो ।