जेठ २६
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका स्थित श्री गाउँफर्क आधारभूत विद्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम रुपा गा.पा. वडा नं ५ का वडा सदस्य श्री मिना कुवँर ज्यूको र श्री वीरेन्द्र आधारभूत विद्यालयमा स्टेशनरी तथा खेलकुद सामग्री वितरण कार्यक्रम समाजसेवी धनराज गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा विद्यालय पोशाक सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको सभाध्यक्षतामा क्लबले गाउँफर्क आधारभूत विद्यालयमा विद्यालयका २९ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट र पाइन्ट÷फर्क ) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरेको थियो । यसै गरि क्लब बाट श्री वीरेन्द्र आधारभूत विद्यालयका १९ जना विद्यार्थीहरुका लागी स्टेशनरी तथा खेलकुद सामग्री का साथै एक जोर जुत्ता सहयोग गरिएको थियो । गाउँफर्क विद्यालयमा सहयोग गरिएको पोशाक समाजसेवीद्धय मन्दिरा श्रेष्ठ र युगेन पालिखे ज्यूबाट सहयोग प्राप्त भएको थियो ।
क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

Comments closed