Month: May 2025
जेठ १४
पोखरा
सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका २८ जना विद्यार्थीहरुलार्इ स्टेशनरी सामग्री तथा झोला वितरण गर्ने कार्यक्रम बगालेटोल स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न गरेको छ ।
सिद्धार्थ क्लबले सामाजिक क्षेत्रमा राम्रो कामहरु गर्दै गईरहेको भनाइ राख्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष हिराकाजी श्रेष्ठले वडा कार्यालय बाट क्लबका सामाजिक गतिविधीहरु सञ्चालन गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले क्लबले महिला, स्वास्थ्य र वातावरणका साथै बाल, शैक्षिक क्षेत्रमा विगत देखी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सन्दर्भमा नियमित कार्यक्रम अनुरुपको स्टेशनरी तथा झोला वितरण कार्यक्रमले विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले विद्यार्थीको शैक्षिक यात्रामा शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने चर्चा गर्दै शिक्षकहरुलाई गम्भिरताका साथ शैक्षिक कार्यमा लाग्नुहुन अनुरोध गरिन । साथै उनले स्थानिय निकायहरु बाट सहयोग भएमा संघ संस्थाहरुलाई सामाजिक कार्यमा थप हौसला मिल्ने भनाइ राखिन । यसै गरी जनजागृती मा.वि. सराङ्गकोटका शिक्षक कृष्ण प्रसाद तिमिल्सीनाले क्लबले विगतमा गरेका सामाजिक कार्यहरुको स्मरण गराउँदै बृहत र ओझीला कार्यक्रमहरु मार्फत क्लबको गरिमालाई निरन्तरता दिन अनुरोध गरे ।
कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गतका विध्यार्थीहरूलाइ आवश्यक एक एक वटा विद्यालय झोला, कापी, पेन, पेन्सील, इरेजर, कटर, ड्रइङ्ग कपी लगाएतका शैक्षिक सामग्री सहयोग गरिएको थियो । क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेके कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए ।