Month: August 2024

मिति २०८१ श्रावण १९ गते सिद्धार्थ क्लब पोखराको आ.ब. २०८१÷८२ का लागी नव निर्वाचित कार्यसमितिको पदस्थापन समारोह पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठको अध्यक्षतामा पोखरा ९ न्यूरोड स्थित सिटि स्क्वायर व्याङक्यूटको वेगनास सभाहलमा  सम्पन्न भयो । कार्यक्रममा संस्थाको बार्षिक बुलेटिन सिद्धार्थ आवाज प्रमुख अतिथि ज्यूले विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रुद्रनाथ बरालले क्लबले शिक्षाको क्षेत्रमा प्रोत्साहित गर्ने सराहनिय कार्यक्रमहरु गरेको चर्चा गर्दै आगामि दिनमा स्वरोजगार सृजना गर्ने कार्यक्रमहरु गर्न आग्रह गर्नुभयो । क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले आफनो दक्षताले क्लबको छबि उच्च राख्ने कार्यमा प्रतिवद्ध भई आफनो कार्यकाल सम्पन्न गरेको जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिको सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष उत्तममान वुद्धाचार्य, महिला अधिकारका लागि राष्ट्रिय अभियानका अध्यक्ष शोभा आचार्यले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सिद्धार्थ आवाज बुलेटिन विमोचन गरिनुका साथै देवेन्द्र पराजुलीको अध्यक्षतामा  प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठ, द्वितिय उपाध्यक्ष नवराज कुमार गोठाजु, सचिव प्रमोद नारायण श्रेष्ठ, निर्देशक राम नारायण श्रेष्ठ, सह सचिव योजना मर्सानी र कार्यसमिति पदमा जमुना अधिकारी तिमिल्सिना रहने गरि आ.ब. २०८१।०८२ का लागि निर्वाचित भएको समितिलाई पदस्थापन गराइएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक र सहयोगी दाताहरुलाई मायाको चिनो, योग्य सदस्यलाई आजिवन सदस्यता प्रदान, शैक्षिक सत्र २०८० मा एस.ई.ई उत्तिर्ण क्लब सदस्यका छोरा छोरी तथा बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा निर्देशक तथा पदस्थापन कार्यक्रमका संयोजक रवि मर्सानीले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।