




पोखरा जेठ ३१
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका वडा नं ५ का वडा सदस्य श्री रामकृष्ण बसौला ज्यूको प्रमुख आतिथ्यतामा रुपा गाउँपालिका–५ रामादी स्थित श्री वीरेन्द्र आधारभूत विध्यालयमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रामकृष्ण बसौलाले क्लबलेविद्यालयलाई गरेको सहयोग प्रति धन्यबाद व्यक्त गर्दै सहयोगले विद्यार्थीहरुको विद्यालय आगमनमा निरन्तरता र गुणस्तरीय शिक्षा प्रदानमा सहयोग पुग्ने भनाई राख्नु भयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले कार्यक्रमले सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्या वृद्धिदरमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा क्लबको सदैव सहयोग रहने भनाइ राख्नु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोना कुमारी यादवले कार्यक्रमले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने भनाई राख्दै विपन्न पिछडिएका समुदायका वालवालिकाहरुको वाहुल्यता रहेकोे वीरेन्द्र आ.वि विद्यालयलाई निरन्तर सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा विद्यालयका २२ जना बालबालिकाहरुको लागी विद्यालय पोशाक (सर्ट, पाइन्ट÷फर्क एक एक जोर) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रममा सहयोग गरिएको पोशाक चिप्लेढुङ्गा पोखरा निवासी समाजसेवीद्धय युगेन पालिखे र मन्दिरा श्रेष्ठबाट सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत र निर्देशक रवि मर्सानीले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
Comments closed