पोखरा जेठ २३

सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ४ सिद्ध ढुङ्गागाडे, स्थित श्री महेन्द्र आधारभूत विध्यालयमा रुपा गाउँपालिका वडा नं ४ का अध्यक्ष श्री मुकुन्द बहादुर बंशील ज्यूको प्रमुख आतिथ्यतामा  विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्री मुकुन्द बहादुर बंशीले वितरण गरिएको सामग्रीहरुको सही सदुपयोग गर्न र विद्यार्थीहरुको पठन पाठनको वातावरण घरमा पनि निर्माण गरिदिन अभिभावक ज्यूहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विद्यालयमा विद्यार्थीहरुको नियमितता र संख्यामा बृद्धी हुनेमा विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विद्यालय परिवार प्रतिवद्ध भई अगाडि बढन अनुरोध गर्नुभयो । त्यसैगरि कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठले सहकार्य र सहयोगबाट सामाजिक रुपान्तरण र विकाश सम्भव हुने भनाई राख्दै सिद्धार्थ क्लब मार्फत आफुले विध्यालयलाई सहयोग गर्दै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक राज बहादुर बंशीले क्लबको सहयोगले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगेको भनाई राख्दै विध्यार्थी भर्ना दर र गुणस्तरीय शिक्षा प्रदानको कार्यमा आफुहरु प्रतिवद्ध रहेको भनाई व्यक्त गर्नुभयो ।

कार्यक्रममा ३६ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट, पाइन्ट÷फर्क दुइ दुइ जोर) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रममा सहयोग गरिएको पोशाक क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी श्री ज्ञानेश्वर राज श्रेष्ठबाट आफ्नो जन्मोत्सवको उपलक्ष्यमा सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

Comments closed