पोखरा जेठ २०
सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५ देउराली, खडागाउँ स्थित श्री भैरवी आधारभूत विध्यालयमा रुपा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष श्री राजन खनाल ज्यूको प्रमुख आतिथ्यतामा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राजन खनालले क्लबले रुपा गाउँपालिका वडा नं ५ का विद्यालयहरुमा गरेको सहयोगका कार्यक्रमहरुको प्रशंसा गर्दै सरकारी विद्यालय सम्पूर्ण गाउँबासीकै विद्यालय भएको हुदाँ विद्यालय प्रति अपनत्व व्यक्त गर्दै बालबालिकाहरुलाई सरकारी विद्यालयमा अध्ययन गर्न आफनो मन फराकिलो पार्न अभिभावक, शिक्षकहरुमा अनुरोध गर्नुभयो । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबको कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको नियमितता र भर्नादरमा बृद्धी हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुने विश्वाश व्यक्त गर्नुभयो । त्यसैगरि कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह गुरुंङ र विद्यालयका प्रधानाध्यापक श्याम कृमार श्रेष्ठले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहेको, सहयोगले गुणस्तरीय शिक्षा प्राप्ति र विद्यार्थीहरुको संख्या बृद्धिदर मा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा २८ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट, पाइन्ट÷फर्क) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रममा सहयोग गरिएको पोशाक क्लबका सचिव विनोद प्रसाद श्रेष्ठ र समाजसेवी मन्दिरा श्रेष्ठको परिवार बाट सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा क्लबका निर्देशक रवि मर्सानीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
Comments closed