




मिति २०८१ जेठ ७ गतेसिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५ देउरालीफेदी स्थित श्री गाउँफर्क आधारभूत विध्यालयमा रुपा गाउँपालिका वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष श्री कुमारी गुरुङ ज्यूको प्रमुख आतिथ्यता तथा वडा सदस्य पानमाया परियार ज्यूको विशेष उपस्थितमा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि कुमारी गुरुङज्यूले क्लबको सहयोगले विद्यार्थीहरुको पठन पाठनमा ठुलो सहयोग पुगेको भनाइ राख्दै वडाका अन्य विद्यालयहरुमा पनि यस प्रकारको कार्यक्रम आयोजना गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबको कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको नियमितता र भर्नादरमा बृद्धी हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुने विश्वाश व्यक्त गर्नुभयो । त्यसैगरि कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर अधिकारी र विद्यालयका प्रधानाध्यापक पार्वती ढुङ्गानाले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहेको भनाई राख्दै सहयोगले गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ४१ विद्यार्थीहरुका लागी विद्यालय पोशाक (सर्ट, पाइन्ट÷फर्क) का साथै आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । कार्यक्रममा सहयोग गरिएको पोशाक क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठ र सल्लाहकार समिति संयोजक अनिल श्रैष्ठको परिवार बाट सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा क्लबका निर्देशक रवि मर्सानीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।