




पोखरा, चैत्र ९
सिद्धार्थ क्लब पोखराले श्री बाराही माध्यमिक विद्यालय, पोखरा–५ मालेपाटनका प्रद्यानाध्यापक श्री शिव प्रसाद भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा बाराही मा.विको सभाहलमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्री शिव प्रसाद भण्डारीज्यूले क्लबले विद्यालयमा शैक्षिक, भौतिक सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराउँदै मानवीय सेवाको पुण्य कार्यमा अभिप्रेरित गर्न अभिमुखिकरण कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले स्थापना काल देखीनै रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान सम्बन्धी जनचेतना फैलाउदै आएको बारे चर्चा गर्दै विध्यालय केन्द्रित उत्प्रेरित अभिमुखिकरण कार्यक्रमले विद्यार्थी मार्फत परिवार र समाजनै रक्तदान गर्न उत्साहित रहने विश्वास व्यक्त गर्नुभयो ।
बाराही माध्यामिक विद्यालयका कक्षा ११ र १२ का १२० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशीक रक्त संचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र के.सी र नर्स यमुना के.सीले रक्तदानको महत्व र आवश्यक्ताबारे अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रम क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने क्लबका निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
Comments closed