चैत्र १, पोखरा

सिद्धार्थ क्लब पोखराको आयोजना, सिद्धार्थटोल टोल विकास संस्था, भवानी आमा समूह,  बगालेटोल दिदी बहिनी समूहको सह–आयोजना र ने.रे.सो. कास्की प्रदेशीय रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६६ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रथम रक्तदाता तथा क्लबका कोषाध्यक्ष सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रुद्रनाथ बरालले सिद्धार्थ क्लबको बाल,शिक्षा, महिला स्वास्थ्य लक्षित कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक रुपान्तरणका कार्यक्रमहरुमा वडा कार्यलयबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै उहाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ साल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

संयोजक दिनेश श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव विनोद प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

Comments closed