Month: March 2024

पोखरा, चैत्र  ९

सिद्धार्थ क्लब पोखराले श्री बाराही माध्यमिक विद्यालय, पोखरा–५ मालेपाटनका प्रद्यानाध्यापक श्री शिव प्रसाद भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा बाराही मा.विको सभाहलमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्री शिव प्रसाद भण्डारीज्यूले क्लबले विद्यालयमा शैक्षिक, भौतिक सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराउँदै मानवीय सेवाको पुण्य कार्यमा अभिप्रेरित गर्न अभिमुखिकरण कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले स्थापना काल देखीनै रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान सम्बन्धी जनचेतना फैलाउदै आएको बारे चर्चा गर्दै विध्यालय केन्द्रित उत्प्रेरित अभिमुखिकरण कार्यक्रमले विद्यार्थी मार्फत परिवार र समाजनै रक्तदान गर्न उत्साहित रहने विश्वास व्यक्त गर्नुभयो ।

बाराही माध्यामिक विद्यालयका कक्षा ११ र १२ का १२० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशीक रक्त संचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र के.सी र नर्स यमुना के.सीले रक्तदानको महत्व र आवश्यक्ताबारे अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रम क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने क्लबका निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

 

चैत्र १, पोखरा

सिद्धार्थ क्लब पोखराको आयोजना, सिद्धार्थटोल टोल विकास संस्था, भवानी आमा समूह,  बगालेटोल दिदी बहिनी समूहको सह–आयोजना र ने.रे.सो. कास्की प्रदेशीय रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६६ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रथम रक्तदाता तथा क्लबका कोषाध्यक्ष सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रुद्रनाथ बरालले सिद्धार्थ क्लबको बाल,शिक्षा, महिला स्वास्थ्य लक्षित कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक रुपान्तरणका कार्यक्रमहरुमा वडा कार्यलयबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै उहाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ साल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

संयोजक दिनेश श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव विनोद प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

पोखरा, फागुन २३

सिद्धार्थ क्लब पोखराले श्री जनप्रिय माध्यामिक विद्यालय, पोखरा–८ सिमलचौरका प्रद्यानाध्यापक श्री देवीप्रसाद बस्ताकोटीज्यूको प्रमुख आतिथ्यतामा जनप्रिय मा.विको सभाहलमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्री देवीप्रसाद बस्ताकोटी ज्यूले अभिमुखिकरण कार्यक्रमले विध्यार्थीहरुमा रक्तदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै विध्यार्थीहरुलाई शैक्षिकका साथै अन्य मानवीय र सामाजिक कार्यमा लाग्न अनुरोध गर्नुभयो । क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले स्थापना काल देखीनै रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान सम्बन्धी जनचेतना फैलाउदै आएको बारे चर्चा गर्दै विध्यालय केन्द्रित उत्प्रेरित अभिमुखिकरण कार्यक्रमले विद्यार्थी मार्फत परिवार र समाजनै रक्तदान गर्न उत्साहित रहने विश्वास व्यक्त गर्नुभयो ।

जनप्रिय माध्यामिक विद्यालयका कक्षा ११ र १२ का ९८ जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशीक रक्त संचार सेवाका प्रमुख अर्जुन ज्ञवाली र नर्स समिक्षा अधिकारीले रक्तदानको महत्व र आवश्यक्ताबारे अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रम क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने क्लबका निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।