पोखरा पुष ४
सिद्धार्थ क्लब पोखराले मादी गाउँपालिका–७ छाचोक, रामडाँडा स्थित श्री कालिका आधारभूत विध्यालयमा गाउपालिका वडा नं ७ का वडा सदस्य श्री योगराज रेग्मीको प्रमुख आतिथ्यतामा स्टेशनरी तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि योगराज रेग्मीले सिद्धार्थ क्लबले मादी गाउँपालिकामा कार्यक्रमहरु गर्न सुरुवात गरेकोमा धन्यबाद दिदै स्टेशनरी सामग्री र मौसम अनुकुल न्यानो कपडा वितरण कार्यले विद्यार्थीहरु विद्यालयमा नियमित आउनका साथै पठन पठान कार्यमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले मादी गाउँपालिकामा कार्यक्रमका साथ प्रवेश गर्न पाउदा खुशीयाली व्यक्त गर्दै विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिका कार्यक्रमहरु गर्ने भनाइ राख्दै विद्यालयले विद्यार्थीको वृद्धिदरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद सापकोटा र विद्यालयका प्रधानाध्यापक विष्णु जङ्ग थापाले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिवद्ध रहेको भनाई राख्नु भयो ।
कार्यक्रममा विद्यालयका १० जना बालबालिकाहरुको लागी कापि कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा (स्विटर, टोपी, मोजा) वितरण गरिएको थियो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
Comments closed