Month: December 2023

मिति २०८० पोखरा पुष ८ गते सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका–४ ढुङ्गेगाडा, गौरीपोखरी स्थित श्री महेन्द्र आधारभूत विद्यालयमा  न्यानो कपडा वितरण कार्यक्रम वडा कार्यालय–४का वडा अध्यक्ष श्री मुकुन्द बहादुर बंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सिद्धार्थ क्लबले विगत ७ बर्ष देखी महेन्द्र आधारभूत विद्यालयमा शैक्षिक, पोशाक, खेलकुद लगायतका सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको कार्यको प्रशंशा गर्दै प्रमुख अतिथि मुकुन्द बंशीले अभिभावकहरुलाई विद्यार्थीहरु नियमित विद्यालय पठाउनुका साथै घरमा पठन पाठनको वातावरण निर्माण गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विद्यालयमा  बालबालिकाहरुको संख्या घटन नदिन विद्यालय परिवारले आफनो दायित्व पुरा गर्नु पर्ने भनाई राख्दै क्लबले आवश्यकता अनुसार विद्यालयलाई सहयोग गर्ने भनाई राख्नुभयो । यसैगरी क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले सहयोगका कार्यक्रमले विद्यालय परिवारलाई अनुशाशित बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुको अवस्था देखेर आफुलाई थप सहयोग गर्न इच्छा जागेको हुदा विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउन यथासिघ्र सिद्धार्थ क्लब मार्फत आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्झना राना मगर, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद रेग्मी र विद्यालयका कार्यवाहक प्रधानाध्यापक सिता पौड्यालले क्लबले विद्यालयमा गरेको सहयोगको प्रशंशा गर्दै प्राप्त सहयोगको सदुपयोग हुनेमा विश्वस्त रहन अनुरोध गर्दै विद्यालयले शैक्षिक गुणस्तर वृद्धिको कार्यमा प्रतिवद्ध रहेको भनाइ राख्नु भयो ।

कार्यक्रममा विद्यालयका ४४ जना विद्यार्थीहरुलाई न्यानो कपडा ( स्विटर,टोपी र मोजा) वितरण गरिएको थियो । कार्यक्रममा वितरण गरिएको न्यानो कपडा समाजसेवी तथा क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठ र उहाको घर्मपत्नी सुजा श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा स्वागत तथा कार्यक्रम माथि प्रकाश निर्देशक रवि मर्सानीले गर्नुभएको थियो ।

पोखरा पुष ४

सिद्धार्थ क्लब पोखराले मादी गाउँपालिका–७ छाचोक, रामडाँडा स्थित श्री कालिका आधारभूत विध्यालयमा गाउपालिका वडा नं ७ का वडा सदस्य श्री योगराज रेग्मीको प्रमुख आतिथ्यतामा स्टेशनरी तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि योगराज रेग्मीले सिद्धार्थ क्लबले मादी गाउँपालिकामा कार्यक्रमहरु गर्न सुरुवात गरेकोमा धन्यबाद दिदै स्टेशनरी सामग्री र मौसम अनुकुल न्यानो कपडा वितरण कार्यले विद्यार्थीहरु विद्यालयमा नियमित आउनका साथै पठन पठान कार्यमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले मादी गाउँपालिकामा कार्यक्रमका साथ प्रवेश गर्न पाउदा खुशीयाली व्यक्त गर्दै विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिका कार्यक्रमहरु गर्ने भनाइ राख्दै विद्यालयले विद्यार्थीको वृद्धिदरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद सापकोटा र विद्यालयका प्रधानाध्यापक विष्णु जङ्ग थापाले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिवद्ध रहेको भनाई राख्नु भयो ।

कार्यक्रममा विद्यालयका १० जना बालबालिकाहरुको लागी  कापि कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा (स्विटर, टोपी, मोजा) वितरण गरिएको थियो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा निर्देशक रवि मर्सानीले  स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

पोखरा मंसिर २४

सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष श्री राजन खनालको प्रमुख आतिथ्यतामा रुपा गाउँपालिका–५ देउराली खडागाउँ स्थित श्री भैरवी आधारभूत विध्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुअ अतिथि राजन खनालले सिद्धार्थ क्लबले आफ्नो वडाका विद्यालयहरुमा विगत देखी शैक्षिक, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा धन्यबाद व्यक्त गर्दै जाडो मौसममा न्यानो कपडा वितरण कार्यले विद्यार्थीहरुको विद्यालय आगमनमा सहयोग पुग्ने धारणा व्यक्त गर्दै वडाले शैक्षिक क्षेत्र सुधारका कार्यक्रमहरु योजना गरेको र सो कार्यमा संघ संस्थाहरुसंग समन्वय र सहकार्य महत्वपूर्ण रहने भनाई व्यक्त गर्नुभयो । यसैगरी सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीको स्वास्थ्य र शिक्षा आर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गुणस्तर शिक्षा प्रदान गर्ने कार्यमा क्लबको सदैव सहयोग रहने भनाइ राख्नु भयो । कार्यक्रममा सिद्धार्थ क्लबका सल्लाहकार समितिका सचिव पार्वती माकाजू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहर सिंह गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक श्याम कुमार श्रेष्ठले   कार्यक्रमले विद्यार्थीहरुको स्वस्थ्यमा प्रत्यक्ष लाभान्वित गरी  शिक्षा आर्जनमा नियमितता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका २८ जना बालबालिकाहरुको लागी न्यानो कपडा (स्विटर, टोपी र मोजा) वितरण गरिएको थियो । वितरित सामग्रीहरु चिप्लेढुङ्गा पोखरा निवासी समाजसेवीद्धय युगेन पालिखे र मन्दिर श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा निर्देशक रवि मर्सानीले  स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी अभिमुखिकरण एवं गर्भवती तथा भि आइ ए र आँखा परिक्षण कार्यक्रम