Month: October 2023
मिति २०८० कार्तिक ३ गते सिद्धार्थ क्लब पोखराले नेपालीहरुको महान पर्व २०८० सालको बडा दशैँ, दिपावली, नेपाल सम्बत तथा छठको उपलक्ष्यमा बगालेटोल स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा पोखरा महानगरपालिका वडा नं ८ का वडा सदस्य हिराकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि हिराकाजी श्रेष्ठले हामी सबैले आफनो दक्षता अनुसार हर्ष उल्लासका साथ चाडपर्व मनाउनु पर्नेमा जोड दिदै पर्वहरुले भाइचाराको सम्बन्धमा प्रगाढ ल्याउने विश्वास सहितको शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले प्रत्यक बर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आइरहेको र यस प्रकारको कार्यक्रमले आफनो संस्कार संस्कृती चाड पर्वहरुको महत्व वारे जानकारी गराउदै सांस्कृतीक संरक्षण एवं सामुहिक सदभाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसै गरि क्लबका मानार्थ सदस्य भक्तराज श्रेष्ठ, पूर्व अध्यक्ष कृष्ण प्रसाद मर्सानी, नव सिद्धार्थ महिला साकोसका अध्यक्ष भवानी माकाजू, क्लबका निवर्तमान अध्यक्ष प्रमोद नारायण श्रेष्ठ, बगालेटोल सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले शुभकामना मन्तव्य राख्दै चाड पर्वहरुले संस्कृतीको जर्गेना गर्ने हुदाँ सबैले सामुदायिक सदभावक र आत्मियताका साथ चाड पर्व मनाउनु पर्ने मनसायको भनाई व्यतm गर्दै उपस्थित सबैमा सु स्वास्थ्य र दिर्घायूको कामना सहितको शुभकामना व्यतm गर्नुभयो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।