पोखरा अशोज १२
सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा कार्यालय ४ का वडा सदस्य श्री पार्वती माकाजू ज्यूको प्रमुख आतिथ्यतामा महिला अधिकार सम्बन्धी कानुनी सचेतना कार्यक्रम बगालेटोल ८ स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि पार्वती माकाजूले धेरै जसो महिलाहरुलाई महिला अधिकार सम्बन्धी चेतना नभएको अवस्था र केही सचेत महिलाहरुले पनि कानुनी व्यवस्थाको दुरुपयोग गर्ने गरेको सन्दर्भमा यस प्रकारको तालिमबाट प्राप्त ज्ञानलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । यसै गरि कार्यक्रमका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले सिद्धार्थ क्लबका कार्यक्रमहरुको संक्षिप्तमा जानकारी गराउँदै कार्यक्रम फलदायी रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अधिवक्त कृष्ण कुमारी गुरुङ, क्लबका निर्देशक रवि मर्सानी र सहभागी ज्ञानु श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
अधिवक्ता कृष्ण कुमारी गुरुङले नेपालको संविधान २०७२ को विशेषता, महिला अधिकार, हक, हितका साथै संविधान कार्यान्वयन र चुनौतिबारे सहजिकरण गर्नुभएको कार्यक्रम क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन र प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Comments closed