मिति २०८० भाद्र २३ गते आर्थिक बर्ष २०७९।०८०को बार्षिक साधारण सभा क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठको सभाध्यक्षतामा पोखरा–८, बगालेटोल, फिर्के स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन,आ.ब.२०८०÷८१ को बार्षिक कार्ययोजना, आजिवन सदस्यता, आ.ब. २०७९÷८० को लेखा परिक्षण प्रतिवेदन, एम्बुलेन्सको लगत कट्टी माथि छलफल गरी अनुमोदन गरिनुका साथै आ.ब. २०८०÷८१ को लेखा परिक्षकको नियुक्ति गरिएको थियो । सोही दिन निवर्तमान अध्यक्ष तथा निर्वाचन संयोजक तिर्थ श्रेष्ठको संयोजकत्वमा आ.ब. २०८०।०८१ का लागि नयाँ कार्यसमितिको निर्वाचन गरीएको कार्यक्रमबाट अध्यक्षमा इन्दिरा मर्सानी श्रेष्ठ, प्रथम उपाध्यक्षमा देवेन्द्र पराजुली द्वितिय उपाध्यक्षमा नवराज कुमार गोठाजु, निर्देशकमा रवि मर्सानी, सचिवमा विनोद प्रसाद श्रेष्ठ कोषाध्यक्षमा सुनिल श्रेष्ठ र कार्यसमिति सदस्य पदमा योजना मर्सानी, जमुना अधिकारी तिमिल्सीना ,दिपा कुवँर क्षेत्री र दिनेश श्रेष्ठ निर्वाचित भएका थिए

Comments closed