




मिति २०८० भाद्र १६ गते सिद्धार्थ क्लबको आ.ब. २०७९।०८०को बार्षिक प्रगति समिक्षा कार्यक्रम क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठको अध्यक्षतामा पोखरा १८ खपौदी स्थित द वेस्ट कोष्ट सेकुवा हाउसको सभाहलमा सम्पन्न भएको थियो ।क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले समिक्षा कार्यक्रममा आएका सुझावहरु लाई मध्यनजर गर्दै कार्यक्रम तथा गतिविधिहरुमा परिमार्जन गरिदै लगिने भनाई राख्दै संस्थालाई मार्गनिर्देशन गर्न संस्थाका सदस्यहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा उपस्थित पूर्व अध्यक्ष ज्यूहरुले सामाजिक उत्तरदायित्वको क्षेत्रमा वृहत कार्यक्रमहरु तय गर्नु पर्नेमा जोड दिदै सदस्यहरुलाई कार्यक्रमहरुमा सहभागि गराउदै सामाजिक कार्यमा सक्रिय बनाउदै अगि बढन सुझाव दिनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७९।८० मा सम्पन्न भएका कार्यक्रमहरुका साथै आ.ब. २०८०।८१ को अनुमानित कार्यक्रमहरु माथि छलफल गरिएको थियो ।
संस्थाका पूर्व अध्यक्ष ज्यू, कार्यसमिति सदस्य र कर्मचारीको उपस्थिती रहेको कार्यक्रममा पूर्व अध्यक्ष प्रदिप बज्राचार्यको सहजिकरणमा सम्पन्न भएको थियो । समिक्षा कार्यक्रम संचालन सचिव रवि मर्सानी र स्वागत मन्तव्य प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो ।
Comments closed