पोखरा जेठ २५

सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष श्री रुद्र नाथ बरालको  प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुद्रनाथ बरालले सरकारी विद्यालयहरुलाई प्राप्त हुने स्थानिय तहको सहयोग मात्र प्रयाप्त नहुने हुदाँ संघ संस्थाहरुको सहयोग पनि महत्वपूर्ण रहेको जानकारी गराउदै क्लब बाट सहयोग भएका सामग्रीको सही सदुपयोग गर्नुपर्ने भनाइ राख्नुभयो । सिद्धार्थ क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले विगत दुई दशकदेखी सिद्धार्थ क्लबले विपन्न समुदायका विद्यार्थीहरुको शैक्षिक अवस्था सुधार गर्नका लागी छात्रबृत्तिको व्यवस्था, शैक्षिक, खेलकुद सामग्री वितरण एवं विध्यालयको भौतिक पुर्वाधार विकासका कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिदै नतिजा मुखि शिक्षा प्रदान गर्नुपर्नेमा जोडदिनुभयो । यसैगरि महालक्ष्मी मोबाइल्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारीले अनुशासन, आत्मविश्वास, सकरात्मक सोचले विद्यार्थीहरुलाई अगाडि बढन महत्वपूर्ण भूमिका खेल्ने भनाई राख्दै आगामि दिनमा पनि क्लब संग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्लबका सल्लाहकार समिति सह संयोजक अनिल श्रेष्ठ, यूवा बर्ष आधारभूत विध्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पहारी र मणिज्योति आधारभूत विध्यालयका शिक्षक कृष्ण प्रसाद तिमिल्सिनाले सिमान्तकृत समुदायका विध्यार्थीहरु लक्षीत कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक जिवनमा सकरात्मक प्रभाव पार्ने भनाइ राख्दै सहयोगको उचित सदुपयोग र कार्यक्रमको निरन्तरताको विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३७ जना विद्यार्थीहरुका लागी आवश्यक कापी, पेन्सील, इरेजर, कटर, ड्रइङ्ग कपी लगाएतका शैक्षिक सामग्री र एक एक थान झोला सहयोग गरिएको थियो । क्लबका सचिव रवि मर्सानीले संचालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई स्वागत प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा वितरित झोला महालक्ष्मी मोबाईल्स प्रा.लि. बाट सौजन्य स्वरुप प्राप्त भएको थियो ।

 

 

 

Comments closed