



पोखरा, श्रावण १३
सिद्धार्थ क्लब पोखराले पोखरा ३२ लामेआहाल स्थित राधाकृष्ण बृद्धाश्रम परिसरमा क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठको अध्यक्षतामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा आश्रम परिसरमा अमला, आँप, मेवा, अम्बा, रुख कटहर, लिची, कागति,केरा लगायतका फलफुलका बृक्षहरु बृक्षारोपन गरिनुका साथै राधाकृष्ण गुरुकुलका बटुकहरुको दिवा खाजाकोे लागी आलु, चिउरा, आटा, आलु, चना, चिनि, च्यापत्ति जस्ता खाद्यन्नहरु राधाकृष्ण गुरुकुल (संस्कृत विद्यालय )का अध्यक्ष हरी भक्त सिग्देललाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष प्रमोद नारायण श्रेष्ठले मन्दिर परिसरमा वृक्षारोपण गरीएका फलफुलका विरुवाहरुबाट बृद्धाश्रमले फलफुलहरु उपभोगका साथै आय आर्जन गर्न सक्ने र सो आय बाट आश्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाले आश्रमले विरुवाहरुको संरक्षणमा ध्यान दिनु पर्ने मा जोड दिदैँै क्लबले आश्रममा विभिन्न कार्यक्रमहरु गरिरहने भनाइ व्यक्त गर्नूभयो । यसै गरि राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले क्लबका गतिविधीहरुको प्रशंशा गर्दै विरुवाहरुको संरक्षणमा समितिको पनि दायित्व रहेको भनाइ राख्दै आश्रमका विभिन्न गतिविधीहरुमा क्लबको हातेमालोको अपेक्षा राख्नुभयो । राधाकृष्ण गुरुकुलका अध्यक्ष हरी भक्त सिग्देलले क्लबको सहयोगप्रति धन्यबाद प्रकट गर्दै गुरुकुल विद्यार्थीहरुको शैक्षिक र स्वास्थ्य अवस्थामा चनाखो रहेको र क्लबले गरेको वृक्षारोपणको संरक्षणमा सहयोग गर्ने भनाइ व्यक्त गर्नुभयो ।
क्लबका कार्यसमिति सदस्य, पूर्वअध्यक्ष, सदस्यहरु तथा आश्रमका सदस्य तथा बटुकहरु उपस्थित रहेको कार्यक्रम सचिव रवि मर्सानीले सञ्चालन गर्नुभएको थियो भने वृक्षारोपण कार्यक्रम संयोजक देवेन्द्र पराजुलीले कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
Comments closed