श्रावण ६
पोखरा
सिद्धार्थ क्लब पोखराले स्थापनाको ३८औँ बार्षिकोत्सब तथा आ.ब. २०७९÷८० का लागी नव निर्वाचित कार्यसमितिको पदस्थापन समारोह पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जु देवी गुरुङ्गको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष तिर्थ श्रेष्ठको अध्यक्षतामा पोखरा ८ संगममार्ग स्थित माछापुच्छ«े व्याङक्वेटको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा संस्थाको बार्षिक बुलेटिन सिद्धार्थ आवाज प्रमुख अतिथिले विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाको स्थानिय निर्वाचनमा क्लबका पूर्व अध्यक्षहरु दिपेन्द्र मर्सानी वडा नं ९ बाट अध्यक्ष पदमा, पार्वती माकाजू वडा नं ४ बाट वडा सदस्य पदमा, हिराकाजी श्रेष्ठ वडा नं ८ बाट वडा सदस्य पदमा निर्वाचित हुन भएकोमा र राजेन्द्र बाटाजू लायन्स क्लबस ईन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका गर्भनर पदमा निर्वाचित हुनुभएकोमा क्लबबाट सम्मानित हुनुभएको थियो । यसै गरी सिद्धार्थ क्लबलाई रोटरी क्लब अफ पोखराबाट सौजन्य स्वरुप प्राप्त दुई वटा ह्वील चेयर मध्ये १ थान चेयर पोखरा रामकृष्ण टोल–४ का ज्येष्ठ नागरिक श्री पानमती जोजिजूलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मञ्जु देवी गुरुङ्गले सिद्धार्थ क्लबको प्रशंसा गर्दै पोखरा महानगरको महिला सशक्तिकरण, युवा स्वरोजगार, बालबालिका, महिला उद्यमशिलताको क्षेत्रमा कार्यक्रमहरु रहेको हुदाँ संघ संस्थाहरु हातेमालो गर्न आएमा आफनो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले नव निर्वाचित कार्यसमितिको पूर्ण कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि रुद्रनाथ बरालले सिद्धार्थ क्लबले वडासंग समन्वय गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको र आगामी दिनमा क्लब र वडा कार्यालय ८ को सहकार्यमा फोहर–मैला व्यवस्थापनको कार्यक्रम गर्नु पर्नेमा जोड दिदै आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यसैगरि कार्यक्रममा सम्मानित हुनु भएका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, वडा नं ८ का वडा सदस्य हिराकाजी श्रेष्ठ र लायन्स क्लबस ईन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका गर्भनर राजेन्द्र बाटाजूले सिद्धार्थ क्लबको उत्पादन हुन पाउनुमा गौरव महशुष भएको भनाइ व्यक्त गर्नुभएको थियो ।
गै.स.स.कास्कीका अध्यक्ष डा. बुद्धि थापा, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी अशोक पालिखे, पो.उ.वा.संका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, क्लबका मानार्थ सदस्य भक्तराज श्रेष्ठ र महिला अधिकारमञ्च कास्की का अध्यक्ष शोभा आचार्यले क्लबका सामाजिक गतिविधीहरको प्रशंसा गर्नुका साथै नव निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसै गरी नवनिर्वाचित अध्यक्ष प्रमोद नारायण श्रेष्ठले सामाजिक गतिविधिहरुलाई निरन्तरता दिदै सहकार्य र समन्वय गरी दीर्घकालिक कार्यक्रमहरु सञ्चालन गरी संस्थाको गरिमा बढाउने कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सभाध्यक्ष तिर्थ श्रेष्ठले आफ्नो कार्यकालमा गरेका कार्यक्रमहरुको बारे जानकारी गराउनुका साथै कार्यकाल सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद व्यक्त गर्दै नयाँ कार्यसमितिको पूर्ण कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आगामि दिनमा पनि आफनो ज्ञान, अनुभवलाई संस्थाका हितको लागी समर्पण गर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा प्रमोद नारायण श्रेष्ठको अध्यक्षतामा इन्दिरा मर्सानी श्रेष्ठ प्रथम उपाध्यक्ष, ओमनाथ अधिकारी द्वितिय उपाध्यक्ष, विनोद प्रसाद श्रेष्ठ निर्देशक, रवि मर्सानी सचिव, देवेन्द्र पराजुली कोषाध्यक्ष, नवराज कुमार गोठाजु सहसचिव र योजना मर्सानी, विकाश श्रेष्ठ, प्रदिप कुमार मुल्मी, सुनिल श्रेष्ठ सदस्य पदमा रहने गरि आ.ब. २०७९।०८० का लागि निर्वाचित भएको समितिलाई पदस्थापन गराइएको थियो ।
पूर्वअध्यक्ष रवि मर्सानीले संचालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा यस कार्यक्रमका संयोजक पार्वती माकाजूले स्वागत तथा कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कार्यसमितिका सदस्यहरु, कार्यक्रम संयोजकहरु तथा कार्यालयका कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Comments closed