पौष ६, पोखरा
सिद्धार्थ क्लब पोखराको आयोजना, प्रर्वधित संस्था शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिद्धार्थचोकसंगको सहकार्य र रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ५४ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका मानार्थ सदस्य डा. श्री बसन्त ताम्राकारले प्रथम रक्तदाता डा. आशिष श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा बसन्त ताम्राकारले सिद्धार्थ क्लबको कार्यक्रमहरुको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रका कार्यक्रममा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै उहाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ साल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष तिर्थ श्रेष्ठले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक विकास श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संयुक्त रुपमा कार्यवाहक सचिव नवराज गोठाजू र पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गर्नुभएको थियो ।

 

Comments closed