




पोखरा कात्तिक १३
सिद्धार्थ क्लब पोखराले महिला अधिकार, तथा कानुनी सचेतना कार्यक्रम मणिपाल शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ डा श्री जुनु श्रेष्ठको प्रमुख आतिथ्यतामा चिप्लेढुङगा स्थित दि भिलेज रेष्टुरेन्टको सभाहलमा सम्पन्न गर्यो । प्रमुख अतिथि डा जुनु श्रेष्ठले कार्यक्रमले महिला अधिकार सम्बन्धी जानकारी गराउनुका साथै कानुनले व्यवस्था गरेका अधिकार प्राप्त गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष तिर्थ श्रेष्ठले महिलाहरु अवसर प्राप्तिमा सक्रिय हुनु पर्ने र सृजनात्मक तरिकाले हातेमालो गर्दै अगाडि बढनुपर्ने भनाइ राख्दै कार्यक्रमबाट सिकेको सिकाइलाइ सहभागिहरुले आत्मसाथ गर्ने विश्वाश व्यक्त गर्नुभयो ।
क्लबका निवर्तमान अध्यक्ष पार्वती माकाजूले महिला पुरुषको समविकासमा जोड दिदै आफनो हक अधिकार र पहिचान प्राप्तीमा सक्रिय रहनुपर्ने भनाइ राख्नु भयो । क्लबका पूर्व अध्यक्ष निरा श्रेष्ठले महिलाहरुमा कुनै न कुनै सिप भए मात्र उनिहरु सक्षम बन्न सक्ने धारणा राख्दै सकरात्मक सोचका साथ सामाजिक कार्यहरुमा अग्रसर हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागि विमला पिया, ज्ञानु श्रेष्ठ, कल्पना अधिकारी, प्रेमकुमारी पराजुली, जमुना आचार्य, नवराज गोठाजु, सुरेश श्रेष्ठ, सुसिल पराजुलीले कार्यक्रमबाट नेपालको कानुनी व्यवस्था, अधिकार बारे जानकारी प्राप्त भएको र कानुनी सचेतनाले अधिकारका साथै सामाजिक सुरक्षा प्राप्तीमा सहयोग पुर्याउनेमा आफुहरु विश्वस्त रहेको मनसाएको भनाइ राख्नुभयो ।
कार्यक्रममा अधिवक्ता शुष्मा पौडेलले महिला अधिकार, नेपालको संविधन, कानुनी व्यवस्था, लैङ्गिक हिंसा, तथा नेतृत्व विकास बारे जानकारी गराउनुभएको थियो । सिद्धार्थ क्लब तथा स्थानिय संघ संस्थाका ४० जना सहभागिहरुको सहभागिता रहेको कार्यक्रम सञ्चालन सचिव ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक विजया श्रेष्ठले राख्नुभएको थियो ।
Comments closed