पोखरा, २३ असोज
सिद्धार्थ क्लब पोखराले नेपालीहरुको महान पर्व २०७८ सालको विजयादशमी, दिपावली, नेपाल सम्बत तथा छठको उपलक्ष्यमा चिप्लेढुङ्गा स्थित दि भिलेज रेष्टुरेन्टको सभाहलमा समाजसेवी तथा क्लबका मानार्थ सदस्य श्री भक्तराज श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि भक्तराज श्रेष्ठले सिद्धार्थ क्लबले गरेका सामाजिक कार्यक्रमहरुको प्रशंशा गर्दै चाडपर्वहरुले समुदायका व्यक्तिहरुमा सदभाव, प्रशन्नता एवं सामुहिक भावना विकाश गर्न सहयोग गर्ने विश्वास सहितको शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
सिद्धार्थ क्लबका अध्यक्ष तिर्थ श्रेष्ठले नेपालीहरुको महान पर्व दशैको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमले एक आपसी सदभाव कायम रहनुका साथै संस्कृतीको संरक्षण गर्नुका साथै नवदुर्गा भवानीले हामीहरुमा कोरोना भाइरसलाई परास्त गर्न सक्ने शक्ति प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । क्लबका निवर्तमान अध्यक्ष पार्वती माकाजू, सल्लाहकार समिति संयोजक सुमन कुमार श्रेष्ठ, पूर्व अध्यक्ष रामनारायण श्रेष्ठले महान पर्वहरु मनाउदा सामुदायिक सदभावक र आत्मियताका साथ मनाउनु पर्ने, कोरोना महामारीको त्रास अझै पनि रहिरहेकाले सावधानीकासाथ पर्वहरु मनाउनु पर्ने मनासायको भनाई व्यतm गर्दै उपस्थित सबैमा सु स्वास्थ्य र दिर्घायूको कामना सहितको शुभकामना व्यतm गर्नुभयो । क्लबका सचिव ईन्दिरा मर्सानी श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक योजना मर्सानीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Comments closed