




पोखरा भाद्र २६
सिद्धार्थ क्लब पोखराको आर्थिक बर्ष २०७७।०७८को बार्षिक साधारण सभा क्लबका अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा पोखरा ९ न्यूरोड स्थित सिटि स्क्वाएर व्याङक्वेटको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष पार्वती माकाजूले विश्वव्यापि रुपमा फैलिएको कोरोना महामारीका बिच कार्यक्रमहरु अगाडि बढाउनु पर्ने अवस्थामा आएको चुनौतिहरुबारे जानकारी दिदै सम्पन्न कार्यक्रम तथा संस्थाका गतिविधिहरुबारे उठेका जिज्ञासाहरु प्रस्ट पार्नुभएको थियो । सल्लाहकार समिति संयोजक हिराकाजी श्रेष्ठले कोभिड १९ को सन्दर्भमा समय सापेक्ष कार्यक्रमहरु गर्न सफल भएकोमा कार्यसमितिलाई धन्यबाद दिदै संस्थाले सहयोज जुटाउनु पर्ने र आवश्यक्ता अनुसार सहयोग पनि गर्नुपर्नेमा जोड दिदै क्लबका गतिविधीहरुले समाजमा सकरात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । सचिव ईन्दिरा मर्सानी श्रेष्ठले संचालन, प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा आ.ब. २०७७।०७८ को सचिवको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आ.ब.२०७८।०७९ को बार्षिक कार्ययोजना लगायतका एजेण्डाहरुमाथि छलफल गर्नुका साथै प्रश्तवनाहरु आवश्यक्ता अनुसार संसोधन गर्ने गरी अनुमोदन गरिएको थियो ।
कार्यक्रमको दोश्रो सत्र निर्वाचनमा तिर्थ श्रेष्ठ अध्यक्ष, प्रमोद नारायण श्रेष्ठ प्रथम उपाध्यक्ष, विजया श्रेष्ठ द्वितिय उपाध्यक्ष, अनिल श्रेष्ठ निर्देशक, इन्दिरा मर्सानी श्रेष्ठ सचिव, प्रकाशमान श्रेष्ठ कोषाध्यक्ष, नवराज कुमार गोठाजू सहसचिव र योजना मर्सानी, सुरेश कुमार श्रेष्ठ, विकाश श्रेष्ठ, मदन कुमार मुल्मी सदस्य पदमा आ.ब. २०७८।०७९का लागि निर्विरोध निर्वाचित भएका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष र सदस्यहरुले संस्थाको कार्यक्षेत्र, आगामि दिनको रणनीतिका विषयमा राय सुझाब दिनुभएको थियो ।
Comments closed