२६ भाद्र
पोखरा
सिद्धार्थ क्लब पोखराको आ.ब. २०७८÷०७९ का लागी नव निर्वाचित कार्यसमितिको पदस्थापन समारोह पोखरा महानगरपालिका वडा कार्यालय ८ का अध्यक्ष श्री रुद्रनाथ बरालज्यूको प्रमुख आतिथ्यता तथा सिद्धार्थ क्लबका अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा न्यूरोड स्थित सिटि स्क्वायर व्याङक्वेटको सभाहलमासम्पन्न भयो । कार्यक्रममा संस्थाको बार्षिक बुलेटिन सिद्धार्थ आवाजप्रमुख अतिथि ज्यूले विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुद्रनाथ बराल ज्यूले सिद्धार्थ क्लबले वडा तथा स्थानिय संघ संस्था संग समन्वय गरि कार्यक्रमहरु सञ्चालन गर्दै आएकोकार्यको प्रशंसा गर्दै वडाबाट मानविय तथा सामाजिक गतिविधीहरुका लागी आर्थिक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यसै गरि नवनिर्वाचित अध्यक्ष तिर्थ श्रेष्ठले सामाजिक सरोकारका गतिविधिहरुलाई निरन्तरता दिदै सहकार्य र समन्वय गरी दीर्घकालिक कार्यक्रमहरु सञ्चालन गर्ने र सो कार्यकालागी सम्पूर्ण सदस्यहरुलाई सक्रिय भूमिका निर्वाह गर्नका लागी अनुरोध गर्नुभयो ।
सभाध्यक्ष पार्वती माकाजूले दुई बर्षिय कार्यकालमा आफुले संस्थाप्रति समर्पित भई सामाजिक कार्यक्रमहरु सम्पन्न गरेको भनाई राख्दै कार्यकालमा सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नुभयो । साथै उहाँले नयाँ कार्यसमितिको पूर्ण कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा तिर्थ श्रेष्ठको अध्यक्षतामा प्रथम उपाध्यक्ष प्रमोद नारायण श्रेष्ठ, द्वितिय उपाध्यक्ष विजया श्रेष्ठ,निर्देशक अनिल श्रेष्ठ, सचिव इन्दिरा मर्सानी श्रेष्ठ, कोषाध्यक्ष प्रकाशमान श्रेष्ठ, सहसचिव नवराज कुमार गोठाजू, सदस्यमा योजना मर्सानी, सुरेश कुमार श्रेष्ठ, विकाश श्रेष्ठ र मदन कुमार मुल्मी रहने गरि आ.ब. २०७८।०७९का लागि निर्वाचित भएको समितिलाई पदस्थापन गराइएको थियो ।
पूर्वअध्यक्ष रवि मर्सानीले संचालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष विनोद प्रसाद श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कार्यक्रम संयोजकहरुलाई मायाको चिनोका साथै २०७६ तथा २०७७ सालमा माध्यामिक शिक्षा परिक्षा उत्तिर्ण गरेका संस्थाका सदस्यका छोराछोरी तथा संस्थाको बाल शैक्षिक कार्यक्रमका छात्र छात्राहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

 

Comments closed