पोखरा भाद्र १२
सिद्धार्थ क्लबको आ.ब. २०७७।०७८को बार्षिक प्रगति समिक्षा तथा आ.ब. २०७८।०७९को बार्षिक कार्ययोजना निर्माण कार्यक्रम क्लबका अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा पोखरा ९ न्यूरोड स्थित सिटि स्क्वायर वैङक्यूटको सभाहलमा सम्पन्न भएको थियो ।
क्लबका अध्यक्ष पार्वती माकाजूले समिक्षा कार्यक्रममा आएका सुझावहरु लाई मध्यनजर गर्दै कार्यक्रम तथा गतिविधिहरुमा परिवर्तन गरिदै लगिने भनाई राख्नुका साथै योजना गरिएका कार्यक्रमहरुलाई समयमानै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाले कोरोना महामारीको समयमा पनि संस्थाले आयोजना गरेका कार्यक्रमहरु सुरक्षितका साथ सम्पन्न गर्न सहयोग गर्ने कार्यसमिति सदस्य तथा सदस्यहरुप्रति आभार प्रकट गर्नृ भयो । कार्यक्रममा उपस्थित पूर्व अध्यक्षहरुले आर्थिक वर्ष २०७७।०७८मा सम्पन्न भएका कार्यक्रमका साथै आर्थिक प्रतिवेदन माथि छलफल गर्नुका साथै २०७८।०७९ का अनुमानित गरिएका कार्यक्रमहरु उद्धेश्य अनुरुप सम्पन्न गर्न मार्गनिर्देश गर्नुका साथै राय सुझावहरु दिनुभयो ।
संस्थाका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य र कर्मचारीको उपस्थिती रहेको कार्यक्रममा पूर्व अध्यक्ष प्रदिप बज्राचार्यले सहजिकर्ता र पूर्व अध्यक्ष सुमन कुमार श्रेष्ठले प्रतिवेदकको भूमिका निर्वाह गर्नभएको थियो ।कार्यक्रम संचालन सचिव ईन्दिरा मर्सानी र स्वागत मन्तव्य कार्यक्रम संयोजक तिर्थ श्रेष्ठले गर्नुभएको थियो ।

Comments closed