




पोखरा, श्रावण २५
सिद्धार्थ क्लब पोखराले पोखरा ३२ स्थित राधाकृष्ण बृद्धाश्रमको परिसरमा क्लबका अध्यक्ष श्री पार्वती माकाजूको अध्यक्षतामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष पार्वती माकाजूले मन्दिर परिसरमा रोपण गरीएका फलफुल तथा आयमुलक विरुवाहरुबाट निकट भविष्यमा बृद्धाश्रमले आय आर्जन गर्न सक्ने र सो आय बाट आश्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै संस्थाले बृक्षहरुको संरक्षणमा विभिन्न कार्यक्रमहरु गरिरहने प्रतिवद्धता व्यक्त गर्नूभयो । यसै गरि राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले क्लबका गतिविधीहरुको प्रसशा गर्दै विरुवाहरुको संरक्षणमा समितिको पनि दायित्व रहेको भनाइ राख्दै आश्रममा विभिन्न गतिविधीहरुमा क्लबको हातेमालोको अपेक्षा राख्नुभयो ।
कार्यक्रममा आश्रम परिसरमा आँप, मेवा, अम्बा, कटहर, एभोकाडो, लिची, कागति, खयेर लगायतका ८० फलफुल तथा बृक्षहरु बृक्षारोपन गरिएको थियो । साथै आश्रममा आश्रित बृद्ध बुबा आमा तथा गुरुकुलका बटुकहरुलाई दिवा खाजा (विस्कुट र जुस)को व्यवस्था गरिएको थियो । क्लबका कार्यसमिति सदस्य एवं पूर्व अध्यक्षहरु तथा आश्रमका सदस्य तथा बटुकहरु उपस्थित रहेको कार्यक्रम सचिव इन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले राख्नुभएको थियो ।
Comments closed