




श्रावण ६ पोखरा
सिद्धार्थ क्लब पोखराले आफ्नो स्थापनाको ३७औँ बार्षिकोत्सबको उपलक्ष्यमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम क्लबका अध्यक्ष पार्वती माकाजूको सभाध्यक्षतामा क्लब परिसर सिद्धार्थचोकमा सम्पन्न गरेको छ । कार्यक्रममा आफनो मन्तव्य राख्दै सभाध्यक्ष पार्वती माकाजूले क्लबको ३७ औँ बार्षिकोत्सबको उपलक्ष्यमा आयोजित कार्यक्रमले विद्यार्थीहरुको पठन पाठन तथा दैनिक जिवन यापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ क्लबका सचिव ईन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत १४ सरकारी तथा सामुदायिक विद्यालयका ३५ छात्र छात्रालाई कापी,कलम लगायतको स्टेसनरी सामग्री सहित चामल, दाल, मस्यौरा, नुन, तेल, चना, चिउरा सहयोग गरिएको थियो ।
Comments closed