श्रावण ३ पोखरा
सिद्धार्थ क्लब पोखराले आफ्नो स्थापनाको ३७औँ बार्षिकोत्सबको उपलक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण कार्यक्रम क्लबका अध्यक्ष पार्वती माकाजूको सभाध्यक्षतामा सम्पन्न गरेको । कार्यक्रममा आफनो मन्तव्य राख्दै सभाअध्यक्ष पार्वती माकाजूले क्लबले कोरोना भाइरस महामारीले अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जिवनमा ल्याएको असहजतालाई मध्येनजर गर्दै उनीहरुको दैनिकीमा सहजता पुर्याउने उद्देश्यका साथ क्लबको ३७ औँ बार्षिकोत्सबको उपलक्ष्यमा राहत वितरण कार्यक्रम आयोजना गरेको जानकारी गराउनु भयो । साथै उहाले क्लबले आगामि दिनमा पनि स्थानिय निकाय र अन्य संघ संस्थासंगको सहकार्यमा सामाजिक गतिविधिहरुमा अग्रसर रहने प्रतिवद्धता जनाउनु भयो ।
सिद्धार्थ क्लबका सचिव ईन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा २२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई चामल, दाल, मस्यौरा, नुन, तेल, चना, चिउरा सहयोग गरिएको थियो ।

Comments closed