




पोखरा चैत्र २७
सिद्धार्थ क्लब पोखराले महिलाहरुको लागि आयमुलक तालिम पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष श्री रुद्रनाथ बराल ज्यूको प्रमुख आतिथ्यतामा क्लब सचिवालय भवन सिद्धार्थचोकमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रुद्रनाथ बरालले तालिमका सहभागिहरुले तालिमको सिकाइलाई व्यवसायमा परिणत गर्नू पर्नेमा जोड दिदै सो को लागी सामुहिक रुपमा व्यवसाय सञ्चालन गर्न वडाले विउ पुजीको व्यवस्था गर्न सक्ने जानकारी गराउनु भयो । त्यसै गरि कार्यक्रमका अध्यक्ष पार्वती माकाजूले तालिम बाट महिलाहरु स्वरोजगारमा लाग्ने र आर्थिक हिसाबले आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा क्लबका सल्लाहकार समिति संयोजक हिराकाजी श्रेष्ठले सहभागिहरुको सक्रिय सहभागिताले कार्यक्रम सफल रहने भनाई राख्दै सिपको सदुपयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रमका प्रशिक्षक विना गुरुङ्गले तालिम समापन भएतापनि सम्बन्धले निरन्तरता पाउने विश्वास गर्दै इच्छुक महिलाहरुलाई उद्यमशिल बनाउन आफनो पूर्ण सहयोग रहने भनाइ व्यक्त गर्नुभयो । कार्यक्रमका सहभागी भवानी माकाजूले आयोजक संस्थालाई धन्यबाद दिदै तालिमको सिकाइलाइ व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नृभयो । चैत्र २५ गते देखी २७ गते सम्म सञ्चालन गरिएको तालिममा प्रशिक्षक विना गुरुङले २४ जना महिला सहभागीहरुलाइ लाछा डोरी, मोती माला, रानी हार बनाउन सिकाउनुभएको थियो ।
Comments closed