पोखरा चैत्र ७
सिद्धार्थ क्लब पोखराले सदस्यहरुका लागी आयोजना गरेको पोखरा २३ भञ्जयाङ देखी पञ्चासे सम्मको पदयात्रा कार्यक्रम कार्यसमिति सदस्य मदन कुमार मुल्मीको संयोजकत्वमा सम्पन्न भएको थियो ।
पदयात्रा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने कार्यक्रम संयोजक, पूर्व अध्यक्ष र सदस्यहरुलाई धन्यबाद दिने क्रममा क्लबका अध्यक्ष पार्वती माकाजूले पदयात्रा कार्यक्रमले सदस्यहरु बिचको सम्बन्धलाई बलियो बनाउदै सृजनात्मक सामाजिक कार्यहरु गर्न उत्प्रेरण जगाउने विश्वास व्यक्त गर्नुभयो । संस्थाका सदस्यहरु विच फिटनेस, फन र फेलोसिपको वातावरण कायम राखिराख्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रमले सदस्यहरु विच आत्मियता वढाउनुका साथै स्वास्थ्य प्रति सजक बनाएको विश्वास संयोजक मदन कुमार मुल्मिले आफ्नो भनाई राख्नुभएको थियो ।
पदयात्रा कार्यक्रमका लागि मिति २०७७ चैत्र ६ गते संस्थाका सदस्यहरु पोखरा ८ सिद्धार्थचोक देखि पोखरा २३ भञ्जयाङ प्रस्थान गरेका थिए । चैत्र ७ गते संस्थाका पूर्व अध्यक्ष सुमन कुमार श्रेष्ठले सहभागीहरुलाई योग अभ्यास गराएपश्चाद सुरु भएको भञ्जयाङ देखी पञ्चासे सम्मको पदयात्राका क्रममा सहभागिहरुले पञ्चासे मन्दिर, बौद्ध गुम्बा र पोखरीको दर्शन, अवलोकन गरेका थिए । कार्यक्रममा संस्थाका ३३ जना सदस्य तथा २ जना कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको थियो ।

Comments closed