




पोखरा फागुन २४
१११औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा सिद्धार्थ क्लब पोखराले महिला अधिकार, तथा कानुनी सचेतना कार्यक्रम क्लबका पूर्व अध्यक्ष निरा श्रेष्ठको प्रमुख आतिथ्यतामा चिप्लेढुङगा स्थित दि भिलेज रेष्टुरेन्टको सभाहलमा सम्पन्न गर्यो । प्रमुख अतिथि निरा श्रेष्ठले संस्थामा कृयाशिल भए पश्चाद आफुमा आएको परिवर्तनको जानकारी गराउँदै महिलाले आफूले कर्तव्य पालना गरेर मात्र अधिकार खोज्नु पर्ने र महिला अधिकार सम्बन्धी सबै महिला सचेत रहनुपर्नेमा जोड दिनु भयो ।
क्लबका अध्यक्ष पार्वती माकाजूले महिला र पुरुषले हातेमाले गरेर मात्र सामाजिक रुपान्तरणका कृयाक्लाबले सार्थकता प्राप्त गर्ने धारणा राख्दै सबैमा अधिकार सम्बन्धी सचेतना रहनु पर्नेमा जोड दिदै कार्यक्रमबाट सिकेको सिकाइलाइ सहभागिहरुले आत्मसाथ गर्ने विश्वाश व्यक्त गर्नुभयो । त्यसै गरि संस्थाका सल्लाहकार समिति संयोजक हिराकाजी श्रेष्ठले महिलाहरु आफ्नो कर्म, कर्तव्यहरु प्रति प्रष्ट हुनु पर्ने र आफ्नो हक अधिकारमा सचेत रही आवश्यक पर्दा अधिकारका लागि अग्रसर रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै रामकृष्णटोल मिसाः पुचका अध्यक्ष भवानी माकाजू, बगालेटोल मिसाः पुचका अध्यक्ष शान्ता श्रेष्ठ र नवसिद्धार्थ साकोसका उपाध्यक्ष तारा कोइरालाले महिला सुरक्षा, महिला स्वतन्त्रता, महिला हिंसाको बारेमा चर्चा गर्दै कानुनी सचेतनाले अधिकारका साथै सामाजिक सुरक्षा प्राप्तीमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दे समय सापेक्ष कानुन ज्ञान सबैले हासिल गर्नुपर्ने मनसायको भनाइ राख्नु भयो । कार्यक्रममा सिद्धार्थ क्लबका व्यवस्थापन प्रमुख सुसिल पराजुली लेखा प्रमुख गोपाल प्रसाद श्रेष्ठ र सहभागी जमुना आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा अधिवक्ता शुष्मा पौडेलले नेपालको संविधान, कानुनी व्यवस्था, महिला अधिकार, सेवा सुविधा बारे जानकारी गराउनुभएको थियो । ७० जना सहभागिहरुको सहभागिता रहेको कार्यक्रम सञ्चालन सचिव ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले राख्नुभएको थियो ।
Comments closed